छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता र अक्षयकोष

ByBibas chetan

२४ पुष २०७५, मंगलवार १३:४३ २४ पुष २०७५, मंगलवार १३:४३ २४ पुष २०७५, मंगलवार १३:४३

पुष २४,२०७५ मोरङ । विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माएकाहरुका लागि २५ हजार रुपैयाँको अक्षयकोष खडा गरिदिएको छ । ‘छोरी बचाऊ र पढाऊ’ अभियानअन्तर्गत आमा संरक्षक रहने गरी बच्चाको नाममा २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।
पहिलो र दोस्रो सन्तान छोरी जन्माउने चार दम्पत्तिका नाबालक छोरीका नाममा महानगरपालिकाले ग्लोबल आईएमी बैंकमा खाता खोलेर २५ हजार जम्मा गरिदिएको विराटनगर महानगरपालिकाको उपमेयर इन्दिरा कार्कीले जानकारी दिनुभयो ।
दोस्रो छोरीको उमेर १८ वर्ष पुगेपछि अक्षय कोषमा जम्मा भएको रकम झिक्न पाइने छ । विराटनगर महानगरपालिकाले छोरीहरुप्रति सम्मान जनाउन यो कार्यक्रम यसै आर्थिक वर्षबाट सुरु गरेको हो । महानगरले अघिल्लो आर्थिक वर्ष ‘छोरी बचाऊ’ अभियान चलाएकोमा यसै वर्षदेखि ‘छोरी पढाऊ’ अभियान पनि थप गरेको छ । चालू आर्थिक वर्षमा यो कार्यक्रमका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!