सोलुखुम्बुमा नमूना वस्ति निर्माणको काम शुरु

ByBibas chetan

२७ पुष २०७५, शुक्रबार १२:४६ २७ पुष २०७५, शुक्रबार १२:४६ २७ पुष २०७५, शुक्रबार १२:४६

सल्लेरी, पुस २७ गते । सोलुखुम्बुको देउसामा नमुना वस्ति निर्माण हुने भएको छ । थुलुङ दुधकोसी गाँउपालिका ७ मा नमुना बस्ति निर्माणको काम सुरु भएको हो । १५ दिन अगाडिबाट शुरु भएको बस्तिमा वडा कार्यालय, स्वास्थ्य चौकी, महिला तथा बाललालिका कार्यालय सहित सरकारी तथा निजि घरहरु बन्नेछन् ।
६४ वटा घर बन्ने बस्तिमा हरेक शुक्रबार हाट बजार बसाउने तयारी थालिएको डाध्यक्ष राम संघर्ष किरातीले जानकारी दिनुभयो । गाँउपालिकाबाट स्विकृति लिई १६ वटा घर निर्माणको काम भईरहेको छ भने बाँकी ४९ वटा घरका लागि प्लटिङको काम भईरहेको छ ।
बस्ति निर्माणको काम सकिएपछि साप्ताहिक हाट बजारका लागि सजिलो हुने बस्ति व्यवस्थापन समितिका अध्यक्ष सोनाहाङ राईले जानकारी दिनुभयो । राईले वडा कार्यालय स्थापनाका लागि ५ रोपनी जग्गा निःशुल्क प्रदान समेत गरेका छन् ।
१७ रोपनी जग्गामा निर्माण शुरु भएको बस्तिमा एक वर्षभित्र भुकम्प प्रतिरोधात्मक घरहरु निर्माण गरिनेछ । स्थानीयको समेत सक्रियतामा शुरु भएको नमूना बस्तिको निर्मँण सकिएपछि सरकारी सेवा प्राप्तीमा सहज हुने र हाटबजार बस्न शुरु भएपछि एकाधिकार बजारवाट छुट्करा पाईने आशा लिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!