सुकम्बासीलाई जग्गा धनीपुर्जा

ByBibas chetan

२९ पुष २०७५, आईतवार १४:५९ २९ पुष २०७५, आईतवार १४:५९ २९ पुष २०७५, आईतवार १४:५९

सोलुखुम्बु, पुस २९ गते । सोलुखुम्बुको सोताङ गाउँपालिकाले गाउँपालिका भित्रका सुकुम्बासीहरुलाई जग्गा खरिद गरि धनीपुर्जा वितराण गरेको छ । जग्गा धनीपुर्जा वितरण गरेसँगै गाउँपालिकाले सुकुम्बासी मुक्त गाउँपालिका घोषणाा गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि ‘सुकुम्बासी’ मुक्त गाउँपालिका घोषणा गरिएको हो । सुकुम्बासी परिवारलाई गाउँपालिकाले प्रतिपरिवार ५० हजार बराबरको जग्गा खरिद गरिदिएको गाउपालिकाका अध्यक्ष विर बहादु राईले बताउनु भयो ।
त्यस्तै गाउँपालिकालाई निशुल्क जग्गा प्रदान गर्ने जग्गादातालाई पनि सम्मान गरिएको छ । वडा नं ५ गोर्खिमका स्थानीयले गाउँपालिकाको कार्यालय निर्माणका लागि १५ रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् । गाउँपालिकाको वार्षिक उत्सवको अव्सरमा प्रारम्भिक बाल विकास कक्षामा कार्यरत गाउँपालिका भित्रका शिक्षिकाहरुलाई सरकारले प्रदान गर्दै आएको सुविधामा मासिक एक हजार गाउँपालिले उपलब्ध गराउने घोषणा समेत गरिएको गाउँपालकिाले जनाएको छ ।
संघीय सांसद हेम कुमार राई ‘सुरवीर’ले सरकारले नेपाल र नेपालीको हितमा काम गरिरहेको दाबी गर्नुभयो । सोताङ गाउँपालिकालाई सुकुम्बासी मुक्त घोषणा कार्यक्रममा सांसद राईले विपक्षिले सरकार असफल भएको भ्रम फैलाएर पनि सरकार ‘सम्बृद्ध नेपाल, सुखि नेपाली’ नारााई आत्मसाथ गर्दै अघि बढेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमको अवसरमा कृषिमा बढवा दिनका लागि व्यवसायीक किवि खेति र बाख्रापालनको उद्घाटन गरिएको छ । कार्यक्रमकै अवसरमा गत बर्ष एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने गाउँपालिकाका छात्र रमेश बस्नेत र छात्रा रविना नाछिरिङलाई २५÷२५ हजार नगद सहित सम्मान गरिएको हो ।
कार्यक्रममा प्रदेश सांसद उत्तम कुमार बस्नेत, जिल्ला समन्वय समितिका संयोजक वीर कुमार राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोला, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराती लगायतको उपस्थिती रहेको थियो । गाउँपालिका अध्यक्ष बीर बहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक, उत्कृष्ट कृषक, शिक्षक, महिला स्वास्थ्य स्वयम् सेविका, गरिब तथा जेहेन्दार विद्यार्थी र कर्मचारीलाई सम्मान गरिएको छ भने गाउँपालिकाको बार्षिक उत्सबको अबसरमा संचालन गरिएको विविध प्रतियोगीतात्मक खेलका विजेतालाई पुरस्कार वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!