विद्यालयमा पुगेर जनचेतनामुलक शिक्षा दिदै प्रहरी

ByBibas chetan

३० पुष २०७५, सोमबार ११:३७ ३० पुष २०७५, सोमबार ११:३७ ३० पुष २०७५, सोमबार ११:३७

सोलुखुम्बु, पुस ३० गते । प्रहरीले सोलुखुम्बुका विद्यालयमा सचेतना कक्षा सञ्चालनलाई निरन्तरता दिएको छ । गत कात्तिक महिनावाट सोलुदुधकुण्ड नगरपालिकाको सहकार्यमा सेवा क्षेत्रभित्रका विभिन्न माध्यमिक विद्यालयमा पुगेर सचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयले जिल्लाको अन्य गाउपालिकामा पनि निरन्तरता दिन दिईरहेको छ ।

स्थानीय तहको सहयोगमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक शालिग्राम शर्मा पौडेल स्वयम् माध्यमिक विद्यालय पुगेर साईबर क्राइम, मानव बेचबिखन, लागु औषध दुव्र्यसनी तथा ओसारपोसार, बालयौन दुव्र्यवहार, बलत्कार लगायतका विषयमा चेतनामूलक शिक्षा दिदै आउनु भएको छ ।
जिल्ला प्रहरी कार्यालयले माहाकुलुङ गाउँपालिका अन्तरगतका छेस्काम मावि र सगरमाथा माविका विद्यार्थीहरु माझ चेतना प्रवाहको काम शनिबार सम्पन्न भएको प्रहरी नायव उपरिक्षक शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आईतबार विरेन्द्रज्योति मावि सोताङका विद्यार्थीहरु माझ सचेतना कक्षा सञ्चालन गरिएको छ । प्रहरी नायव उपरिक्षक पौडेलले गाउँघरमा सडक सञ्जाल र इन्टरनेटको पहूँच पुग्दै गर्दा आपराधिक घटनापनि बढ्न सक्ने भएकाले स्कुल–स्कुलमा चेतनामूलक कक्षा संचालनलाई जोड दिएको बताउनुभयो ।
‘साईबर क्राईम, मानव बेचबिखन, लागुऔषध सेबन तथा ओसारपोसार लगायतका घटना बढ्न सक्ने अनुमान छ । किनकी गाउँघरमा इन्टरनेट विस्तार भएको छ भने ग्रामिण सडकको पहूँच पुगेको छ । घटना आईसकेपछि फेस गर्नभन्दा पहिले नै विद्यालयमा अध्ययनरत किशोर किशोरीलाई आवश्यक शिक्षा दिन खोजेका हौ ।’ प्रहरी नायव उपरिक्षक पौडेलले बताउनुभयो ।
यसअघि खुम्बु पासाङल्हमू गाउँपालिका, लिखुपिके गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयसम्म पुगेर महिला तथा बालबालिका माथी हुने हिंसाजन्य घटनाका बारेमा चेतना प्रवाह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!