थुलुङ दुधकोशीको अत्याधुनिक भवन उद्घाटन

ByBibas chetan

३० पुष २०७५, सोमबार १९:४५ ३० पुष २०७५, सोमबार १९:४५ ३० पुष २०७५, सोमबार १९:४५

सोलुखुम्बु, पुस ३० गते । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले नवनिर्मित भवनको उद्घाटन गरिएको छ । उद्घाटन गर्दै आफ्नै भवनबाट सेवा दिने जिल्ला कै पहिलो गाउपालिका थुलुङ दुधकोशी बनेको छ । गाउँपालिकाले करिब एक करोड ८० लाखको लागतमा निर्माण गरेको प्रिफाईभ प्रविधिको २३ कोठे भवन सोमबार संघीय सांसद हेम कमाुर राई ‘सुरवीर’ र पण्डित दिनबन्धु पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।
गाउँपालिकाले कार्यलय रहेको मुक्लीमा ४ वटा ब्लकको प्रशासनिक भवन निर्माण गरेको हो । गाउँपालिका अध्यक्ष असिम राईले नयाँ भवनवाट कामकाज शुरु गरेपछि विषयगत कार्यालय व्यवस्थापन, जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारणलाई समेत सहज महसुस भएको बताउनुभयो । साविकको गाविस भवनवाट सेवा प्रवाह गर्दा निकै कष्ट व्यहोर्नु परेको भएपनि भवन सम्पन्न भएसँगै समस्याको समाधन भएको अध्यक्ष राईको भनाई छ ।
समाजसेबी तथा व्यवसायी बलराम गुरुङले प्रदान गरेको ५० रोपनी जग्गामा निर्मित भवनमा सेमिनार हल, अध्यक्ष, उपाध्यक्ष र न्यायीक समितिको बेग्लाबेग्लै कोठाको व्यवस्था गरिएको छ भने प्रमुख प्रशासकीय अधिकृत लगायतका विषयगत कार्यालयको लागि पनि बेग्लै कोठा तोकिएको छ । कार्यालय परिसरमा हेलिप्याडको समेत निर्माण गरिएको छ ।
उद्घाटन कार्यक्रममा संघीय सांसद हेम कुमार राई ‘सुरवीर’ले स्थानीय तह आत्मनिर्भर तर्फ उन्मुख भएकोमा खुसि व्यक्त गर्नुभयो । सांसद राईले सोलुखुम्बुका स्थानीय तहमध्ये थुलुङ दुधकोशी गाउँपालिकाले आफ्नै भवनवाट नागरिकलाई सेवा प्रवाह गर्न शुरु गर्नु विकासको प्रारम्भिक लक्षण भएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसदद्धय बुद्धिकुमार राजभण्डारी र उत्तम बस्नेत, नेचासयान गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोला, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराती, प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना, प्रहरी नायव उपरिक्षक शालिग्राम शर्मा पौडेल लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!