सोलुखोला दुधकोसी जलविद्युतको काम ३ महिना देखि ठप्प

ByBibas chetan

२७ पुष २०७५, शुक्रबार १२:५१ २७ पुष २०७५, शुक्रबार १२:५१ २७ पुष २०७५, शुक्रबार १२:५१

सोलुखुम्बु, पुस २७ गते । ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत आयोजना निर्माणको काम ठप्प भएको छ । थुलुङ दुधकोसी गाँउपालिका ३ पन्चनमा निर्माणको काम भईरहेको जलविद्युतको काम ३ महिना देखि ठप्प बनेको हो ।
निर्माण ठेक्का पाएको ईटालियन कम्पनि सिएमसिले छाडेपछि ३ महिनायता निर्माणको काम अलपत्रमा परेको साहस उर्जाका जनसम्पर्क अधिकृत कैलाश निरौलाले जनाकारी दिनुभयो । हालसम्म पन्चनबाट १४० मिटर सुरुङमार्ग निर्माणकोकाम सम्पन्न गरिएको छ भने सोलुदुधकुण्ड नगरपालिका ११ को तिङला क्षेत्रवाट सुरुङ मार्ग निर्माणको काम भईरहेको छ । दशैँपछि सिएमसि कम्पनी मार्फत ठूला साधन ट्रिपर, स्काभेटर, ट्रयाङकर लगायतका दर्जनौ सवारी थन्किएका छन् ।
हालसम्म कर्मचारी आवास गृह, किचेन, पाहुना घर लगायतका संरचना निर्माण भईसकेका छन् । सिएमसि कम्पनीले लिखित रुपमा काम नछोडेपछि निर्माणको काम केहि महिना देखी अलपत्र बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!