पुराना बामपन्थी नेता ‘शर्मा’ कांग्रेस प्रवेश

ByBibas chetan

२९ पुष २०७५, आईतवार १५:०१ २९ पुष २०७५, आईतवार १५:०१ २९ पुष २०७५, आईतवार १५:०१

सल्लेरी, पुस २९ गते । सोलुखुम्बुका पुराना बामपन्थी नेता लोचन कुमार शर्मा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
सल्यान स्थित महेन्द्रदोय माध्यमिक विद्यालयमा भएको नेपाल विद्यार्थी संघको नेचासल्यान गाउँपालिका स्तरिय भेलामा बामपन्थी नेता शर्मा कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् । शर्मालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य बल बहादुर केसीले अविर माला लगाई पार्टी प्रवेश गराउनु भयो ।
पार्टी प्रवेश गर्दै शर्माले नेकपा भित्र सैद्धान्तिक बिचलन आएकै कारण पार्टी परिर्वतन गर्नुपरेको बताउनुभयो–‘पार्टी योगदानलाई कदर नगरे कै कारण कांग्रेसमा प्रवेश गरेको हूँ ।’ शर्मालाई जिल्ला कार्यसमितिमा आमन्त्रित सदस्यको रुपमा स्वागत गरिएको सभापति विनोद बस्नेतले बताउनुभयो । ‘नयाँ विधान अनुसार आमन्त्रित सदस्यमा स्विकार गरेका हौ ।’
को हुन् शर्मा ?
२०३१ साल देखि तत्कालिन मालेको सम्पर्कमा रहेका शर्मा २०३६ सालमा अनेरास्ववियूमा आबद्ध भएका थिए । २०४१ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक जिल्ला अध्यक्ष बनेका शर्माले शैक्षिक आन्दोलनमा सहभागी भएकै कारण पन्चायती सरकारको दबाबमा शिक्षण पेशा छाड्नुपरेको थियो । त्यसबेला हालका नेकपा नेता राम कार्की र शर्मा सहित ७ जना शिक्षण पेशावाट अलग भएका थिए ।
२०४३ सालमा जिल्लामा जनपक्षिय उम्मेद्धार बनेका उहाँले राजधानीमा बुद्धिजिबी परिष्मा रहेर केहि वर्ष काम गर्नुभयो । त्यसपछि २०४६सालमा तत्कालिन नेता शुशिला श्रेष्ठ र उदय बस्नेतलाई सल्लेरीमा ल्याएर आमसभा गर्नुभएका शर्माले रामराजा प्रसाद सिंहको सिंहदरबार बमकाण्डमा ३ महिना जेल जीवन पनि बिताउनु प¥यो । उहाँ ५ पटक प्रहरी हिरासतमा पुगेका छन् ।
२०५४ सालको निर्वाचनमा नेचाबेतघारी गाविसको उपाध्यक्ष पदमा विजयी भएका शर्मा शसस्त्र जनयुद्धका समयमा २०५९ भाद्र २७ गते तत्कालिन माओबादीको आक्रमणमा पर्नुभयो । उहाँ द्धन्द्धपिडित पनि हुन् । नेकपा एमालेको जिल्ला कमिटी उपसचिब समेत भईसकेका शर्माले प्रदेश निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाउदै प्रदेश ‘ख’वाट स्वतन्त्र उम्मेद्धारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!