सोलुखुम्बु, माघ ७ गते । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले आईतबार पाँच सय रुपैया झिकेर चिउरा खरिद गर्न एक कर्मचारीलाई पठाउनुभयो । चिउरा ल्याएपछि चिया संग चिउरा खाजा खानका लागि बसे । चिउरा मुखमा हालेसंगै स्वाद ठीक नभएपछि प्याकेट मगाएर हेदाए म्याद गुज्रेको पाईयो । त्यसपछि तुरुन्त सम्बन्धित पसललाई चिउरा बरामतको पत्र तयार पारि सुरक्षाकर्मी सहित कर्मचारी खटाउदै म्याद गुज्रिएको चिउरा आईतबार नै बरामद गरेको छ ।
सल्लेरी स्थित राजु स्टोरबाट प्रशासनको पत्र संगै प्रशासनले १८ प्याकेट चिउरा बरामत ग¥यो । संचालक राजु श्रेष्ठले भन्नभुयो ‘हामी यो चिउरा वस्तुभाउलाई खुवाउछौ या त कम्पनीमा फिर्ता पठाउछौ ।’ तर प्रशासनका कर्मचारीले फिर्ता पठाउने भएपनि निवेदन सहित प्रशासनमा आउनुस् । प्रक्रिया अघि बढ्छ । संचालकले आफ्नो पसलमा मात्र यो चिउरा नभएको भन्दै बजारमा अन्य पसलमा पनि अनुगमन गर्न र म्याद नाघेका खाद्य सामाग्री बरामत गर्न माग गर्नुभयो । उहाँले कम्पनीले प्याक गरेको सामान जिल्ला भित्रन समय लाग्ने भएकाले खरिद गरेको केहि हप्तामै सामाग्रीको म्याद गुज्रने समस्या खेप्नु परेको दुखेसो गर्नुुभयो ।
बरामत गरिएको चिउरामा २०७५ साउन १४ गते प्याकेजिङ गरिएको मिति राखिएको छ भने प्याकेजिङ मितिको ९० दिन सम्म उपभोग गर्नुपर्ने लेखिएको भएपनि व्यापारीको लापरबाहीको कारण अखाद्य वस्तुका विक्रि भईरहेको प्रशासनको बुझाई छ । राजु स्टोरका सञ्चालक राजु श्रेष्ठले कम्पनीवाटै खाद्य सामाग्री ढिला आउने भएकाले आफूहरुलाई समस्या भएको बताउनुभयो ।
बरामत गरिएको प्याकेटको चिउरा जलाउने वा पुर्ने प्रशासनले जनाएको छ । बजारमा अखाद्य वस्तुको खरिदमा सिडिओ आँफै परेपछि उनले खाद्य शुद्धता अभियान सञ्चालन गर्ने र हरेक पसल, होटल र स्टोरमा कडाईका साथ अनुगमन गर्ने बताए । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुदै आएको अनुगमनमा अब देखि आँफै उपस्थित हुने प्रजिअ रानाको भनाई छ ।
