एनसेलको ७२ अर्ब ५८ करोड बक्यौता एक महिनाभित्र उठाउन अर्थ समितिको निर्देशन

ByBibas chetan

२७ माघ २०७५, आईतवार २२:४७ २७ माघ २०७५, आईतवार २२:४७ २७ माघ २०७५, आईतवार २२:४७

काठमाडौ – अर्थ समितिले दूरसञ्चार कम्पनी एनसेल सँगको ७२ अर्ब ५८ करोड रुपैयाँ बक्यौता उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

अर्थ समितिमा मन्त्रालयले पेस गरेको सूचना अनुसार पुँजीगत लाभकर र गैरकर, आय कर, भ्याट बापत एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी रकम तत्काल उठाउन निर्देशन दिएको हो। आइतबार बसेको अर्थ समितिको बैठकले एनसेलको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालय लगायतका सम्बन्धित निकायलाई निर्देशन जारी गरेको छ। एक महिनाभित्र उक्त रकम उठान गरिसक्ने निर्देशन दिएको हो।

बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर कति उठाउने भन्ने विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ हेर्नुपर्ने जानकारी गराउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!