नेकपाले जनयुद्ध दिवसको सम्झनामा कार्यक्रम गर्दै

ByBibas chetan

१ फाल्गुन २०७५, बुधबार ०८:२७ १ फाल्गुन २०७५, बुधबार ०८:२७ १ फाल्गुन २०७५, बुधबार ०८:२७

फागुन १/काठमाण्डौ – प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले बुधबार जनयुद्ध दिवसको अवसरमा देशभर कार्यक्रम गर्दैछ । दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान साढे १० बजेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम हुँदैछ ।

जनयुद्ध सुरु भएको दिन फागुन १ गतेको सम्झनामा जनयुद्ध र जनआन्दोलनका शहीदको सम्मानमा पहिलोपटक कार्यक्रम गर्न लागेको नेकपाले जनाएको छ । यसअघि तत्कालीन माओवादी घटक दलले फागुन १ गते मा आ–आफ्नै तरिकाले जनयुद्ध दिवस मनाउँदै आएका थिए ।

यस्तै माओवादीबाट विभाजित पार्टीले पनि बुधबार जनयुद्ध दिवस मनाउँदैछन् । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले केन्द्रमा शान्तिबाटिकामा कार्यक्रम गर्दैछ भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि शान्तिबाटिकामै जनयुद्ध दिवस मनाउने भएको छ ।

यसैगरी गोपाल किरातँीले पुनर्गठन गरेको माओवादी केन्द्रले जनयुद्ध दिवस प्रज्ञा भवनमा मनाउने भएको छ । तर डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले भने जनयुद्ध दिवस नमनाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!