प्रेम, भ्यालेन्टाईन र सावधानी

ByBibas chetan

२ फाल्गुन २०७५, बिहीबार ०६:१८ २ फाल्गुन २०७५, बिहीबार ०६:१८ २ फाल्गुन २०७५, बिहीबार ०६:१८

संसारमा स्वर्ण अक्षरले कुदिएका प्रेमकथाहरु संयोगान्त भन्दा वियोगान्त छन् ।’ अर्थात माया सहज छैन, उदाहरणकालागि भगवान श्री कृष्ण अनि राधाबिच समेत विवाह भएको थिएन, मुना-मदन, हिर र रान्झादेखि रोमियो अनि जुलियट सम्मले समेत संयोगान्त कथा कोर्न सकेनन तर केवल चोखो मायाका कारण, चोखो पिरतीका कारण यि प्रेमी जोडिलाई आजपनि संसारले आदर र महत्वकासाथ प्रेमी मनमा अमर राखेका छन्  ।

सम्राट क्लाउडिअस २ ले भ्यालेन्टाइनलाई बन्दी गृहमा बन्दि बनाएर राखेको समयमा बन्दिगृहको एक सिपाहीकी छोरीसंग इनको प्रेम रहन गएको र मृत्यु अगाडी उनले आफ्नी प्रेमीकाकालागि लेखेको चिठ्ठीमा तिम्रो प्यारो भ्यालेन्टाइनका तर्फबाट भनि आफूलाई प्रेषककारुपमा गरिएको एउटा संबोधन । त्यहि संबोधन आजसम्म पनि मानव समूदाय अनि प्रेमीहरुले हृदयनिकट ब्यक्तिलाई आफ्ना भ्यालेन्टाईनको रुपमा मनाउने गरिन्छ।

जसले प्रेम सच्चा अर्थमा नै गर्छ उसको लागि भ्यालेन्टाइन्स डे को आवश्यकता पर्दैन । यहाँ तपाइँले भ्यालेन्टाइन्स डे मनाउन नहुने कारणबारे चर्चा गरिएको छ ।

पुलिसको खतरा
भ्यलेन्टाइन्स डे मा तपाइँ एकान्त खोज्दै कतै जानु हुन्छ । तर पुलिसलाई भने भ्यालेन्टाइन्स डेमा तपाइँ जस्तै जोडीले कतिबेला एकान्तमा गएर उनीहरुकै शब्दमा आपत्तिजनक ब्यवहार गर्छन् भन्ने पर्खाइ हुन्छ । तपाइँ प्रेमी वा प्रेमिकालाई चुम्दै गरेको समयमा पक्राउ पनि पर्न सक्नु हुन्छ । सके सम्म यस्ता डेटिङ भ्यालेन्टाइन्स डे भन्दा अन्य दिनमा गर्नुस् ।

पैसाको सर्वनाश
भ्यालेन्टाइन्स डे मा रेष्टुरेन्ट होटल वा रिसोर्ट चलाउनेहरुका लागि दशैं नै हो । अन्य दिन १०० रुपैयाँ पर्ने चिजलाई यो दिन ५०० रुपैयाँ पार्न सक्छन् उनीहरु । खानेकुरा देखि बस्ने ठाउँ सम्मको चार्ज भ्यालेन्टाइन्स डेकै लागि आकाशिएको हुन्छ । तपाइँ प्रेमी वा प्रेमिकासँग यस्तो ठाउँमा जानु भो भने अर्को समस्या पैसा घटाउन आग्रह गर्न समेत अफ्ठेरो मान्ने अवस्थामा हुनु हुन्छ । पैसा जोगाउन चाहनु हुन्छ भने भ्यालेन्टाइन्स डे बाहेक अरु दिन नै खोज्नुस् प्रेम गर्नको लागि ।

फूलको मूल्य
भ्यालेनन्टाइन्स डेमा सबै भन्दा बढी विक्री हुने कुरा हो फूल । मानिसहरु प्रेम ब्यक्त गर्न फूल किन्छन् । तर भ्यालेन्टाइन्स डे फूल किन्नेका लागि भने सबै भन्दा गलत दिन हो । यो दिन फूल किन्नेले अरु दिन फुलसँगै खाजा खान पुग्ने पैसा फूलको लागि मात्र हाल्नु पर्छ । एक पटक सोंच्नुस् यति महंगो प्रेम गर्ने कि नगर्ने ।

मोटो हुनबाट बँच्नुस्
भ्यालेन्टाइन्स डेमा डेटिङ गएपछि तपाइँ चकलेट देखि केक सम्मका फ्याटी फुडबाट बँच्ने मौका पाउनु हुन्न । तर यस्ता खानेकुरा स्वास्थ्यका लागि राम्रो मानिदैनन् र मोटोपन बढाउन कारक मानिन्छन् ।

लाइन बस्नु पर्छ
भ्यालेन्टाइन्स डे मा रेष्टुरेन्ट होटल, रिसोर्ट, पार्क सम्म पनि भिडम भिड हुन्छ । पहिले देखि नै भ्यालेन्टाइन्स डे स्किमका कारण छोइनसक्नु महंगो पनि । यस्ता ठाउँमा गएर लाइन बस्नु भन्दा प्रेम गर्ने साइत अरु नै जुराउनुस् ।

भिडबाट अलग
भ्यालेन्टाइन्स डै मा सबै जना फेसबुक स्ट्याटस देखि हरेक कुरामा भ्यालेन्टाइन्स डे मय बनेका हुन्छन् । तपाइँ यो दिन फरक बन्न सक्नु हुन्छ । तपाइँलाई १४ फेब्रुअरी बाहेक वर्षमा अरु दिन पनि छ नि प्रेम गर्नका लागि ।

आमा बाबुको आँखामा हेर्नुस्
बाबुको मुख हेर्ने दिन आयो । आमाको मुख हेर्ने दिन पनि गयो । तपाइँले सामान्यरुपमा मनाउनु भयो । तर भ्यालेन्टाइन्स डे मा भने भए नभएको पैसा खर्च गरेर अनेक हर्कत किन गर्नु हुन्छ ? एक पटक आमा बाबुको आँखामा हेर्नुस् प्रेमी वा प्रेमिकालाई जस्तै एक दिन मायाँ दिनुस् ।

प्रेम एक दिनमा मात्र ब्यक्त हुन्छ
मानिसहरु भ्यालेन्सटाइन्स डेका लागि मरिहत्ते गर्छन् मानौ प्रेम गर्नका लागि अरु दिन नै छैन । खासमा भ्यालेन्टान्स डे मा मात्र अभिब्यक्त हुने प्रेम झुठो हुन सम्भावना प्रवल हुन्छ । प्रेम त जीवन भरीका लागि हो । किन एक दिन मात्र ? भ्यालेन्टाइन्स डेलाई वर्षमा एक मात्र प्रेम ब्यक्त गर्ने दिनकोरुपमा नमान्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!