कानून विपरीत गतिविधि गर्ने छुट कसैलाई छैन : नेता महत

ByBibas chetan

१ चैत्र २०७५, शुक्रबार २१:२९ १ चैत्र २०७५, शुक्रबार २१:२९ १ चैत्र २०७५, शुक्रबार २१:२९

रुपन्देही : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले कानून विपरित गतिविधि गर्न कसैलाई छुट नभएको बताउनुभएको छ ।

आज बुटवलमा आयोजित साक्षात्कारमा उहाँले देशमा शान्ति सुव्यवस्था कायम राख्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । “मन्त्रिपरिषद्ले नेकपालाई प्रतिबन्ध लगाउँदैमा मुलुकमा नेत्रविक्रम चन्द ‘विप्लव’ का गतिविधि रोकिने होइनन, सरकारले वार्ताको माध्यमबाट द्वन्द्व समाधान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्ध ठिक की बेठिक भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “कानून विपरीत गतिविधि गर्न कसैलाई छुट छैन ।”नेता महतले सङ्गठनात्मक कमजोरीका कारण पार्टीमा समस्या रहेको उल्लेख गर्नुभयो ।

_रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!