मृत्युबारे पुर्व चेतावनी दिने प्रविधि बन्यो

ByBibas chetan

२६ चैत्र २०७५, मंगलवार ०५:१३ २६ चैत्र २०७५, मंगलवार ०५:१३ २६ चैत्र २०७५, मंगलवार ०५:१३

वैज्ञानिकहरुले एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित कम्प्यूटर सिस्टम विकसित गरेका छन् । जसले मध्यम आयु वर्गको जनसंख्यामा पुरानो रोगहरुका कारण समय भन्दा पहिले हुने कमा बताउनेछ । प्लस वन जर्नलमा प्रकाशित अध्ययनका अनुसार कम्प्यूटर आधारित ‘मशीन लर्निङ’ एल्गोरिदम प्रणाली मृत्युको सम्भावना बताउन निकै सटीक छ।

ब्रिटेनको नटिङ्घम विश्वविद्यालयका शोधकर्ताहरुले सन् २००६ देखि २०१६ बिच बायोबैंकसँग जोडिएका ४० देखि ६९ वर्ष आयुका लाखौ मानिसहरुको स्वास्थ्यको अध्ययन गरे । यो अध्ययनका लागि अनुसन्धानकर्ताले युकेका करिब पाँच लाख वयष्क बायोबैंक डाटाबेसको मूल्यांकन गरेका थिए । यसपछि उनिहरुले उक्त डाटाको प्रयोग एआइ आधारित कम्प्यूटर सिस्टम बनाउन गरे ।

नटिङ्घम विश्वविद्यालयका एसोसिएट प्रोफेसर स्टीफन वेङका अनुसार अधिकांश शोध एकै रोगलाई केन्द्रमा राखेर गरिन्छ । तर उनले केहि रोगहरूको प्रभावको बारेमा अध्ययन गरेर समय भन्दा पहिले मृत्यु बारेमा चेतावनी दिने एआइ सिस्टम बनाए , जुन निकै चुनौतीपूर्ण काम थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!