चाडपर्वलाई मितव्ययी ढंगले मनाऔं : प्रधानमन्त्री ओली

ByBibas chetan

२ बैशाख २०७६, सोमबार ०८:०३ २ बैशाख २०७६, सोमबार ०८:०३ २ बैशाख २०७६, सोमबार ०८:०३

२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सिरुवा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै चाडपर्वलाई मितव्ययी ढंगले मनाउन आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने बताएका हुन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘नेपालीहरुलाई विविधताभित्र एकतामा बाँध्ने एउटा महत्वपूर्ण सूत्र यस्तै चाडपर्वहरु पनि हुन् । हामीले यस प्रकारका चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढंगले मनाउनु पर्दछ ।’

प्रधानमन्त्री केपी ओलीले सिरुवा पर्व मनाउने समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्रीले सबै जातिका मौलिक परम्पराको संरक्षण गर्न सरकार सकारात्मक रहेको उल्लेख गरेका छन् ।

पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातीहरुले सिरुवा पर्व मनाउँछन् ।

नयाँ वर्षको रुपमा मनाइने सिरुवा पर्व तीन दिनसम्म मनाउने चलन छ । नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते आपसमा पानी छ्यापाछ्याप गरेर ‘पानी सिरुवा’ मनाइन्छ भने दोस्रो दिन हिलो छ्यापेर ‘कादो सिरुवा’ मनाउने गरिन्छ । तेस्रो दिनआपसमा रंग दलेर ‘रंग सिरुवा’ मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!