राहतको रकम प्रधानमन्त्रीको गाउँका बाटोमा

ByBibas chetan

६ बैशाख २०७६, शुक्रबार २१:१६ ६ बैशाख २०७६, शुक्रबार २१:१६ ६ बैशाख २०७६, शुक्रबार २१:१६

प्राकृतिक विपत्तिपछिको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले निश्चित रकम राख्ने गर्छ । त्यस्तो रकम दैवीप्रकोप राहत तथा पुनःस्थापना शीर्षकमा राख्ने गरिन्छ ।

तर, यो रकम प्रधानमन्त्रीको निर्वाचन क्षेत्रका सडकमा खर्च हुने भएको छ । अर्थ मन्त्रालयले चैत लागेपछि राहतको रकम प्रधानमन्त्रीको निर्वाचन क्षेत्रसहित उनको गृह जिल्ला झापाका विभिन्न सडक बनाउन दिएको छ ।

अर्थ मन्त्रालयले दैवीप्रकोप राहत तथा पुनःस्थापना शीर्षकको बजेट तानेर झापाका सडकमा खर्च गर्ने गरी पठाएको हो । अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार चैतमा मात्रै राहतको रकमबाट २० करोड रुपैयाँ झिकेर झापाका सडक बनाउन दिइएको छ ।

चैतमा अर्थ मन्त्रालयले अल्टाबारी–गौरीगन्ज–पाडाजुगी सडकका लागि ५ करोड दिएको छ । यो सडक प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्छ ।

यस्तै, अर्थले लक्ष्मीपुर–घैलाडुब्बा सडकका लागि ५ करोड रुपैयाँ दिएको छ । यो सडक अहिलेको नेकपाका सांसद पवित्रा खरेल निरौलाको निर्वाचन क्षेत्रमा पर्छ ।

यस्तै, झापाचोक–भद्रपुर–विर्तामोड सडकका लागि १० करोड रुपैयाँ दिइएको छ । भद्रपुर राप्रपा नेपालका सांसद राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्रमा पर्छ भने विर्तामोड तत्कालीन एमाले सांसद पवित्रा खरेलको निर्वाचन क्षेत्रमा पर्छ । झापाचोक तत्कालीन नेकपाका सांसद एनपी साँवा लिम्बुको निर्वाचन क्षेत्रमा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!