नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिव

ByBibas chetan

८ बैशाख २०७६, आईतवार २०:२६ ८ बैशाख २०७६, आईतवार २०:२६ ८ बैशाख २०७६, आईतवार २०:२६

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवहरूको टुंगो लगाएको छ ।

आज बालुवाटारमा बसेको सचिवालय बैठकले सबै ७७ वटै जिल्लाका अध्यक्ष र सचिवहरूको टुंगो लगाएको र भोलि नेकपाको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूको नाम सार्वजनिक गरिने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

७७ जिल्लामध्ये ४५ पूर्वएमाले तथा ३२ पूर्वमाओवादीका लागि छुट्याइएको जनाइएको छ ।

भोलि नै बस्ने पार्टीको पोलिटव्युरो बैठकले उक्त नामलाई अनुमोदन गर्ने जनाइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नयाँ मापदण्डमा सहमतिमा जुटाएसँगै सचिवालयले यो निर्णय गरेको हो । तर बैठकमा तत्कालिन एमाले र माओवादीले कुन कुन जिल्लाको कुन पद पाए र को चयन भए भन्ने जानकारी दिइएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!