तारा एयरकाे विमान दुर्घटना

ByBibas chetan

९ बैशाख २०७६, सोमबार १०:३९ ९ बैशाख २०७६, सोमबार १०:३९ ९ बैशाख २०७६, सोमबार १०:३९

रामेछापकाे मन्थली विमानस्थलमा तारा एयरकाे विमान दुर्घटना भएकाे छ।  लुक्लाबाट आएको बिमान रामेछापमा अवतरणको क्रममा उक्त दुर्घटना भएको हो ।

सोमबार बिहान ताराको ‘नाइन एनएकेके’ नेपाली दर्ता नम्बर भएको ट्विनटर जहाजको रनवेमा चिप्लिएको थियो। हाइड्रोलिकमा समस्या आएर चिप्लिएको हुनसक्ने विमानस्थल कार्यालयको प्रारम्भिक अनुमान छ।

जहाज चिप्लिएपनि यसबाट कुनै मानवीय क्षति नभएको चौरासियाले जानकारी दिए।

धावनमार्गबाट जहाज चिप्लिएपछि विमानस्थल बन्द गरिएको छ। जहाज नहटाएसम्म विमानस्थल सुचारू नहुने प्रमुख अमितकुमार चौरासियाले जानकारी दिए।

जहाज हटाउन र त्यसको प्राविधिक परीक्षणका लागि नागरिक उड्डयन प्राधिकरण केन्द्रीय कार्यालयबाट मन्थली गइसकेको छ।

उक्त टोलीले जहाजको परीक्षण र हटाउने काम गरेपछिमात्र विमानस्थल खुल्ने चौरासियाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!