कांग्रेसमा नेतृत्वको आलोचना गर्न ‘बन्देज’

ByBibas chetan

१५ बैशाख २०७६, आईतवार २२:५६ १५ बैशाख २०७६, आईतवार २२:५६ १५ बैशाख २०७६, आईतवार २२:५६

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन आयोगले राष्ट्रिय जागरण अभियानका क्रममा पार्टी नेतृत्वको आलोचना गर्न ‘बन्देज’ लगाएको छ ।

कांग्रेसले वैशाख २५ बाट अभियान सुरु गर्दैछ । त्यसको पूर्वसध्यामा आइतबार अनुशासन समितिले अभियानका क्रममा पार्टी हित विपरित काम कारवाही एवं अभिव्यक्ति दिएमा अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । अनुगमन गर्ने जिम्मा नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघलाई दिएको छ ।

बैठकपछि अनुशासन समितिका सभापति भीष्मराज आङदाम्बेले  भने, ‘जागरण अभियान पार्टीलाई मजबुत बनाउन हो । त्यसमा फेरि आरोप प्रत्यारोपको अवस्था देखा नपरोस् भनेर यो निर्णय गरिएको हो ।’

नेतृत्वको आलोचना गर्न पाइन्छ कि पाइँदैन भन्ने प्रश्नमा उनले भने, ‘आलोचना गर्न पाइन्छ तर, विहानदेखि बेलुकासम्म गाली गरेर बस्नु त भएन नि ।’

अनुशासन समितिका सदस्य धनराज गुरुङले जागरण अभियानका क्रममा चुनावी परिणामलाई लिएर नेतृत्वको आलोचना गर्न नपाइने बताए । उनले भने, ‘यो विषयमा हामीले समिक्षा गरेर एउटा निष्कर्षमा पुगिसक्यौं । अब कोट्याउन पर्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!