बालुवाटार जग्गा विवादमा मै दोषी देखिए पनि सजाय भोग्न तयार छु : पूर्व प्रधानमन्त्री भट्टराई

ByBibas chetan

१६ बैशाख २०७६, सोमबार २१:२० १६ बैशाख २०७६, सोमबार २१:२० १६ बैशाख २०७६, सोमबार २१:२०

काठमाण्डौ- पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बालुवाटारको जग्गा विवादबारे गम्भीरतापूर्वक छानबिन गरी भ्रष्टाचारको जरो उखेल्न सरकारलाई सुझाव दिनुभएको छ ।

बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा विगतमा सरकारको नेतृत्व गरेका पूर्व प्रधानमन्त्रीहरुको पनि नाम जोडिएर आएको भन्दै उहाँले छानबिनबाट दोषी देखिए आफू दण्ड भोग्न तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, सार्वजनिक सम्पत्तिको दोहन, वाईडबडी प्रकरण, तारागाउँ, बूढीगण्डकी, बालुवाटारको ललिता निवासको सार्वजनिक जग्गाका विषयमा एक अर्कालाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि जरो कारण के हो त्यो ठम्याएर हल गर्न सकिएन भने त्यो पटक पटक बल्झिएर आउँछ ।

सत्तारुढ दल र प्रतिपक्षी दल सबैमाथि भ्रष्टाचारको औंला उठेकाले एक अर्काको कोटमा बल फ्याकेर मात्रै समस्या समाधान नहुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘व्यक्तिको नियत मात्र ठिक भएर हुँदो रहेनछ । यसको गम्भीरतापूर्वक छानबिन गरियोस् । हाम्रो संस्थाहरु कति बेकम्मा रहेछन् ? यदि यसमा कसैको पनि नियतवश संलग्नता आउँदो रहेछ भने हामीले दण्ड दिनुपर्छ र म दण्ड स्वीकार्न तयार छु ।’

टुँडिखेलमा नाङ्गो ढंगले अतिक्रमण गर्ने काम भएको भन्दै उहाँले समयमै सार्वजनिक जग्गा अतिक्रमण हुनबाट जोगाउन सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!