१७ साल दोहोरिने डर छः प्रचण्ड

ByBibas chetan

१९ बैशाख २०७६, बिहीबार ०५:२८ १९ बैशाख २०७६, बिहीबार ०५:२८ १९ बैशाख २०७६, बिहीबार ०५:२८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले फेरि २०१७ सालकै जस्तो ‘कू’ हुन सक्ने बताएका छन् ।

श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निकै ठूलो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि गुम्ने खतरा औंल्याएका हुन् ।

गणतन्त्रलगायत राजनीतिक उपलब्धिको श्रेय मजदुर वर्गलाई दिँदै उनले भने, ‘प्राप्त राजनीतिक उपलब्धि संस्थागत गर्दै समाजवादको यात्रामा अघि बढ्नु नै अहिलेको आवश्यकता हो ।’ संसारबाटै वर्गीय विभेद अन्त्य गर्न नेपालको राजनीतिक आन्दोलन सहयोगी हुने प्रचण्डको भनाइ छ ।

‘अहिले पनि धनी र गरिबबीचको खाडल बढ्दो छ,’ उनले भने, ‘संसारभर कम्युनिस्ट रक्षात्मक स्थितिमा पुगेका बेला नेपालमा कम्युनिस्टको सरकार छ । यो सुन्दर पक्ष हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!