नेपालमा पहिलोपटक बर्ड फ्लुबाट मानिसको मृत्यु

ByBibas chetan

१९ बैशाख २०७६, बिहीबार १२:२९ १९ बैशाख २०७६, बिहीबार १२:२९ १९ बैशाख २०७६, बिहीबार १२:२९

काठमाडौं : नेपालमा पहिलो पटक बर्ड फ्लुबाट मानिसको ज्यान भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको छ । ती युवकको नमूना परीक्षण गर्न जापान पठाइएको थियो । परीक्षणको रिपोर्ट अनुसारबर्ड फ्लु पुष्टि भएको हो । चरा र कुखुरालगायत पंक्षीमा देखिएको बर्डफ्लू मानिसमा पनि सरेको पुष्टि भएको हो ।

ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो । तर उनको श्वासप्रश्वासमा समस्या भएर गएको चैत १५ गते नै ज्यान गएको थियो ।

मृतकको नाम भने खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!