प्रदेश १ को सम्पर्क राजधानी धनकुटा तोकियो

ByBibas chetan

१८ बैशाख २०७६, बुधबार ०६:०२ १८ बैशाख २०७६, बुधबार ०६:०२ १८ बैशाख २०७६, बुधबार ०६:०२

विराटनगर । प्रदेशको र स्थायी राजधानी तोक्न नसकेको प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मालिा तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । धनकुटा यसअघि पूर्वन्चाल विकास क्षेत्रको राजधानी थियो ।

प्रदेशको नाम र राजधानीका बारेमा छलफल गर्न नेकपा संसदीय दलको बैठक बुधबार बोलाइएको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार धुव्र सुवेदीले बताए ।

मन्त्रिपरिषद् बैठकले धनकुटा, भोजपुर र संखुवासभा हेर्ने गरी धनकुटामा यातायात सेवा कार्यालय स्थापना गर्ने पनि निर्माण गरेको छ ।

रेवातीरमण भण्डारीको संयोजकत्वमा रहेको कानुन मस्यौदा निर्माण समितिको म्याद असारसम्म थप गरेको मन्त्री कार्कीले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!