‘घुस दिएर काम गराउन बाध्य’ : मुख्यमन्त्री राउत

ByBibas chetan

३१ बैशाख २०७६, मंगलवार २२:५८ ३१ बैशाख २०७६, मंगलवार २२:५८ ३१ बैशाख २०७६, मंगलवार २२:५८

धनुषा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हुँदै गएको बताएका छन् ।

जनकपुरधाममा आज सम्पन्न ‘प्रशासकीय न्याय, साकारात्मक सोच र सेवा’ विषयक अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो टिप्पणी गरेका हुन् ।

झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि सेवाग्राही घुस दिएर काम गराउन बाध्य हुने गरेको उनले बताए । सेवा प्रवाहको प्रक्रियालाई जनमुखी र व्यावहारिक बनाउनुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री राउतले भ्रष्टाचार अन्त्यको सुरुवात माथिल्लो तहबाट हुनुपर्ने पनि बताए ।

नियम कानुन मिचेर गरिएको कर्मचारी समायोजनले प्रदेश र स्थानीय तहमा कर्मचारीहरू अतंकित भएको उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!