अहिले नै समाजवादमा पुग्ने बेला भएको छैनः प्रचण्ड

ByBibas chetan

३ जेष्ठ २०७६, शुक्रबार ०९:५५ ३ जेष्ठ २०७६, शुक्रबार ०९:५५ ३ जेष्ठ २०७६, शुक्रबार ०९:५५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले नै नेपाल समाजवादमा पुग्ने अवस्था नभएको बताए, ‘हामी सामाजिक न्याय, सामाजिक सुरक्षासहित निजी, सहकारी र सार्वजनिक क्षेत्रको बिचमा राम्रो सहकार्यका साथ नेपाललाई समाजवादको आधार निर्माण गर्ने ठाउँमा छौं । समाजवाद स्थापना भइहाल्ने अवस्था छैन । हामी समाजवादमा पुग्न चाहन्छौैं, तर कसैको कल्पना, आग्रह र चाहानाले मात्रै समाजवाद हुने कुरा होइन । त्यसका लागि सचेत प्रयत्न ठोस धरातलमा, ठोस परिस्थितमा मात्रै हुन्छ । धरातल छाडेर सचेत प्रयत्न हुँदैन ।’

त्यस्तै आफूहरुले अन्धो भएर पार्टी एकता नगरेको भन्दै वैचारिक धरातलमा टेकेर नै पार्टी एकता गरेको बताए, ‘विचारलाई जडता र संकीर्णतामा बुझेको भए, धर्मशास्त्र, बाइबल, कुरान र गीताको रुपमा बुझेको भए, तत्कालीन एमाले र तत्काली माओवादी केन्द्रबीचको एकता सम्भव हुने थिएन । हामीले देशलाई वैज्ञानिक समाजवादतर्फ लैजाने आँट गर्नेछौं भनेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!