प्रहरीको गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु

ByBibas chetan

८ जेष्ठ २०७६, बुधबार ०८:३९ ८ जेष्ठ २०७६, बुधबार ०८:३९ ८ जेष्ठ २०७६, बुधबार ०८:३९

भोजपुर – भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गाेली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको छ। मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँमा प्रह्रीले उनीमाथि गोली चलाएको थियो। प्रहरीको गोलि प्रहारबाट षडानन्दनगरपालिका २ कुदाककाउलेक विप्लव कार्यकर्ता तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए।

खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले बताए। गोली लागेर गम्भिर घाइते भएका उनको स्थानिय अन्नपुर्ण स्वास्थ्य चौकीमा प्राथामिक उपचारपछि धरान पठाइएको थियो। मंगलवार साझ पाँच बजे धरान पठाइएको उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार विहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!