काठमाडौंकाे तीन ठाउँमा बम विस्फोट, एक ठाउँ कुकर बम भेटियो

ByBibas chetan

१२ जेष्ठ २०७६, आईतवार २०:४३ १२ जेष्ठ २०७६, आईतवार २०:४३ १२ जेष्ठ २०७६, आईतवार २०:४३

काठमाडौंको छुट्टाछुट्ट तीन स्थानमा बम विस्फोट भएको छ भने एक ठाउमा कुकर बम भेटिएको छ ।

टाइम बम (ग्यास सिलिन्डर) बनाउने क्रममा पड्केर घट्टेकुलोको डेरा र सुकेधाराकाे सैलुनमा विस्फोट हुँदा विप्लव निकट नेवा:मुक्तिमोर्चाका अध्यक्ष सहित तीन जनाको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । । विस्फोटमा परी घाइते भएका ६ जनाको शिक्षण अस्पताल महाराजगञ्ज, ओम अस्पताल चावहिल र वीर अस्पतालमा उपचार भइहरेको छ ।

काठमाडौंको बलम्वुमा पनि विस्फोट भएको छ । नागढुंगा इटाभट्टानजिकै बम विस्फोट भएको प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।

वाइकमा आएका दुईजना व्यक्तिले चन्द्रागिरी नगरपालिका–३ मा रहेको आदि नारायण इटाभट्टा नजिक वम राखेर भोगको प्रहरीले जनाएको छ ।

वाइक रोकेर भाग्ने क्रममा विष्फोट हुदाँ भाग्दै गरेका दुवैजना घाइते भएको प्रहरीले जनाएको छ । दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको छ ।

ललितपुरको लगनखेल वसपार्कमा प्रेसर कुकर बम भेटिएको छ । वसपार्कको फोहोरको थुप्रोमा सो बम फेला परेको प्रहरीले जनाएको छ ।

उपत्यकाको सुकेधारा र अनामनगरमा भएको बिष्फोटमा ३ जनाले ज्यान गुमाएलगत्तै ललितपुरको लगनखेल बसपार्कमा पनि प्रेसर कुकर बम फेला परेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!