काेशीनदिमा भारतियकाे धाधँली, १०० परिवार विस्थापित

ByBibas chetan

१२ जेष्ठ २०७६, आईतवार ०९:०७ १२ जेष्ठ २०७६, आईतवार ०९:०७ १२ जेष्ठ २०७६, आईतवार ०९:०७

काठमाडौं : भारतीय पक्षले पूर्व सूचनाबिना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुबानमा परेको छ। गोबरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकामा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा गत शुक्रबार पानी छाडेको हाे ।

भारतमा हालै भएकाे लाेकसभा चुनावबाट नरेन्द्र मोदी नेतृत्वको भाजपाले विजय हासिल गरेसँगै नेपाल र भारतबीच राम्रो सम्बन्ध बन्ने अपेक्षा गरिरहँदा कोसी ब्यारेजमा भने भारतीय पक्षको गल्तीले झण्डै एक सय नेपाली परिवार अलपत्र परेको छ ।

भारतीय पक्षले काेसी नदीको वहाव पश्चिम तटबन्धतर्फ फर्काउने रणनीति अनुसार पश्चिम पाइलट च्यानलमा शुक्रबार साँझ एक्कासी पानी छोड्दा नेपालतर्फका करिब सय परिवार विस्थापित भएका हुन् ।

ती परिवारका करिब तीन सयको हाराहारीमा शुक्रबार साँझदेखि नै पानीले घेरिएको सप्तरी गोबरगाढाको थुम्कोमा आश्रय लिएर बसेका छन् ।

यद्यपि संख्याका बारेमा भने हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार शाहले यकिन गर्न सकेका छैनन् । उनले पीडितको उद्धार प्रयास भइरहेको बताएका छन् ।

बिनाजानकारी भारतले यसरी पानी छाड्दा केही पशु चौपायासमेत नदीले बगाएको छ । संकलन गरेर राखिएका काठ दाउरासँगै घर बनाउन प्रयोग गरिने खडहीसमेत बगाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!