लैङ्गिक न्यायसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण

ByBibas chetan

१४ जेष्ठ २०७६, मंगलवार ०९:५४ १४ जेष्ठ २०७६, मंगलवार ०९:५४ १४ जेष्ठ २०७६, मंगलवार ०९:५४

रुपन्देही, १४ जेठ (रासस) : लैङ्गिक तथा बाल न्यायसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण बुटवलमा सोमबारदेखि शुरु भएको छ । महान्यायाधिवक्ताको कार्यालय काठमाडौँको आयोजनामा शुरु भएको प्रशिक्षणमा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अनुसन्धान अधिकृत, सरकारी वकिल र कर्मचारीको सहभागिता रहेको छ ।

प्रशिक्षणको उद्घाटन कार्यक्रममा उच्च अदालत तुलसीपुर–बुटवल इजलासका न्यायाधीश रमेश खत्रीले कानून अनभिज्ञता क्षम्य नहुने भएकाले सबैले बुझ्नुपर्ने बताउनुभयो । न्यायका क्षेत्रमा काम गर्नेहरु कानूनको विषयमा स्पष्ट हुन जरुरी रहेको उहाँको भनाइ थियो । नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले गलत सिकाइ र बुझाइले समाजमा द्वन्द्व सिर्जना हुने भएकाले बुझाइमा स्पष्टता हुनुपर्ने बताउनुभयो ।

आजसम्म चल्ने प्रशिक्षणमा उच्च अदालत तुलसीपुर–बुटवल इजलासका न्यायाधीश बामदेव ज्ञवाली, नायब महान्यायाधिवक्ता पाण्डेय, सहन्यायाधिवक्ताद्वय उद्धवप्रसाद पुडासैनी र रामकुमार थापाले लैङ्गिक तथा बाल न्यायसम्बन्धी विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको महान्यायाधिवक्ताको कार्यालयका शाखा अधिकृत रोशी भण्डारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!