ओली सरकार पाँच वर्ष दायाँबायाँ हुन्नः नेपाल

ByBibas chetan

१७ जेष्ठ २०७६, शुक्रबार २१:०१ १७ जेष्ठ २०७६, शुक्रबार २१:०१ १७ जेष्ठ २०७६, शुक्रबार २१:०१

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने बताएका छन्। जनताले स्थीर सरकारका लागि मत दिएको उल्लेख गर्दै नेता नेपालले ओली सरकारलाई खल्बल्याउनु नहुने मत राखेका हुन्।

शुक्रबार प्राध्यापक आरके शाहद्धारा लिखित ‘पब्लिक इकोनोमी’ पुस्तक विमोचन गर्दै नेता नेपालले भने, ‘अहिले तत्कालै ओली सरकारलाई खल्बल्याउन मिल्दैन, स्थीर सरकारको विकल्प छैन्।’

उनले हालै संसदमा पेश भएको बजेट उत्कृष्ट भएको उल्लेख गर्दै अब पार्टीको ध्यान बजेट कार्यान्वयनमा जानुपर्ने बताए।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले गत सालको जेठ २ गते भएको सहमतिको बुदाँ नम्बर ४ मा उल्लेख भएको ‘समानता र समान अवधिका आधारमा आवश्यक्ता अनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ भन्ने बिषयमा मुख खोलेपछि एकाएक चर्चामा भएको थियो।

अध्यक्ष प्रचण्डको त्यस्तो अभिब्यक्ति सार्वजनिक भएपछि पहिलो पटक नेपालले ओली नेतृत्वको सरकार पाँच वर्षसम्म स्थीर रहनुपर्ने धारणा राखेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!