रवीन्द्र आँखामा राख्दा पनि नबिझाउने खालका थिए : प्रम

ByBibas chetan

१८ जेष्ठ २०७६, शनिबार १८:४८ १८ जेष्ठ २०७६, शनिबार १८:४८ १८ जेष्ठ २०७६, शनिबार १८:४८

कास्की : ‘आँखामा राखे पनि नबिझाउने लालगेडी जस्ता थिए रवीन्द्र अधिकारी ‘ शनिवार पोखरामा आयोजना गरिएको एउटा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदका एकजना सदस्य रहेका स्वर्गीय रवीन्द्र अधिकारीका बारेमा यसो भने ।

सभागृहमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको उद्घाटन गरेपछि विशाल सभामा प्रधानमन्त्री ओलीले शनिबार सम्बोधन गर्दै स्वर्गीय अधिकारीको बारेमा त्यती मात्र भनेर रोकिएनन् ‘मैले रवीन्द्रलाई २०३९ सालमा चिने देखि जतिपल्ट भेटें नमुस्कुराएको चेहरा कहिले देखिन । जस्तै समस्या आएपनि हसिलो मुहार उनको पहिचान थियो ‘ प्रधानमन्त्रीले भने ।

मञ्चको दाँयाबाँया रवीन्द्रका हसिला तस्विर टाँगिएका थिए । ओलीको मन्त्रिमण्डलमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री रहेका अधिकारीको फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । रवीन्द्र बारे प्रधानमन्त्रीले भावुक हुंदै भने ‘रवीन्द्रले जींउदो हुन्जेल कसैका आँखामा आँसु आउन दिएनन् । मरेपछि कसैका आँखा पनि आँसु बिनाका भएनन् ।’

चिनेको ३५ बर्षपछि आफ्नै मन्त्रिपरिषदको सदस्य भएपछि रवीन्द्रसँग झन् धेरै सामिप्य भएको प्रधानमन्त्री ओलीले स्मरण गरे । ‘जतिसुकै संकट पर्दा पनि प्रशन्न चित्तको मान्छे’ प्रधानमन्त्री ओलीले भने ‘मेरो मन्त्रिपरिषदमा पोखराले अत्यन्तै सक्षम व्यक्ति दिएको थियो ।’

रवीन्द्रले छोटो समयमा लामा पदचाप छोडेर गएको प्रधानमन्त्री ओलीले बताए । ‘रवीन्द्रको यात्रा छोटो भयो तर लामा पदचाप छोडेर जानुभयो ‘ प्रधानमन्त्री ओलीले भने ‘उहाँले छोडेका पदचाप हामीले पछ्याउनु पर्दछ ।’

प्रधानमन्त्री ओलीले रवीन्द्र मन्त्री हुनुभन्दा अगावैको वाइडबडीको बिषय झिकेर रवीन्द्रलाई बद्नाम गर्न खोजिएको बताए । अधिकारीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठान सञ्चालनका लागि सरकारले एक करोड रुपैंया उपलब्ध गराउने प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!