प्रशासन कार्यालयमा स्तनपान कक्ष

ByBibas chetan

२३ जेष्ठ २०७६, बिहीबार २०:१३ २३ जेष्ठ २०७६, बिहीबार २०:१३ २३ जेष्ठ २०७६, बिहीबार २०:१३

जिल्ला प्रशासन कार्यालय तनहुँमा स्तनपान कक्ष निर्माण गरिएको छ । महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखेर प्रशासन हाताभित्र स्तनपान कक्ष निर्माण गरिएको हो । सेवाप्रवाहलाई महिला मैत्री बनाउनका लागि कार्यालय परिसरभित्रै स्तनपान कक्षको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यालयमा काम लिएर आउने कतिपय महिलासँगै स्तनपान गर्ने बच्चा हुने भएकाले सहजताका लागि स्तनपान कक्षको व्यवस्था मिलाएका हौ ।” प्रजिअ शर्माका अनुसार सेवाग्राहीको साथमा आउने स–साना बालबच्चालाई लक्षित गरी झोलुङ्गोको व्यवस्था मिलाइएको छ । कार्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्य सहित निःशुल्क इन्टरनेट सेवा, डिजिटल बडापत्र मोवाइल एप सञ्चालनमा ल्याइएको छ । कार्यालयले सेवाग्राहीलाई आवश्यक निवेदन फारम निःशुल्क उपलब्ध, हरेक फाँटसँग सम्बन्धित सेवाग्राहीलाई पङ्खाको व्यवस्था, कार्यालयभित्र नै हुलाक टिकटको व्यवस्था मिलाएको छ । कार्यालयमा बिचौलियाको प्रवेशलाई निषेध, कार्यालय परिसरमा बगैँचाको व्यवस्था गरिनुका साथै कुनै कर्मचारी बिदामा बसेका बेलामा सेवाग्राहीको काम नरोकिने व्यवस्था मिलाईएको प्रजिअ शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!