सुरुङबाट १७ जनाको सकुशल उद्धार

ByBibas chetan

६ असार २०७६, शुक्रबार ०९:५२ ६ असार २०७६, शुक्रबार ०९:५२ ६ असार २०७६, शुक्रबार ०९:५२

काठमाडौं : निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा थुनिएका सबै कामदारकाे सकुशल उद्धार गरिएको छ ।

शुक्रबार बिहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको प्रहरीले जनाएकाे छ ।

बिहीबार राति गोसाइकुण्ड गाउँपालिका-२ तातोपानी क्षेत्र नजिक निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरूङभित्र सुख्खा पहिरो खस्दा १७ जना कामदार थुनिएका थिए । उनीहरुलाई उद्धार गर्न रातिदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीको टोली परिचालित थिए ।

सबै जनालाई बिहान ७ बजे सकुशल उद्धार गरिएको र सबै खतरामुक्त भएकाे प्रहरीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!