नेपाली नानो स्याटलाइटले पृथ्वीको परिक्रमा गर्न थाल्यो

ByBibas chetan

२ असार २०७६, सोमबार १८:४४ २ असार २०७६, सोमबार १८:४४ २ असार २०७६, सोमबार १८:४४

काठमाडौँ : नेपालको पहिलो भू–उपग्रह ‘नेपाली–स्याट–१’ सोमबारदेखि अन्तरिक्षको परिक्रमा लगाउन सुरु गरेको छ ।

दुई महिनासम्म अन्तर्राष्ट्रिय स्पेश स्टेसन(आईएसएस)मा रहेको भू–उपग्रहलाई सोमबार अपरान्ह ४ बजे ‘स्पेश’मा ‘डिप्लोइमेन्ट’ गरिएको हो ।

यो स्याटलाइट पृथ्वीको तल्लो अन्तरिक्ष कक्षलाई परिक्रमा गर्ने भूउपग्रह निर्माता एवं नाष्टका प्राविधिक हरिराम श्रेष्ठले  बताए।

उनका अनुसार स्याटलाइटलाई ४२० किलोमिटरको रेन्जमा डिप्लोइमेन्ट गरिएको हो। भूउपग्रहले आईएसएससँगै परिक्रमा गरिरहने उनले जानकारी दिए। स्याटलाइट जुन देशको नजिक पर्छ त्यही रहेको ग्राउण्ड स्टेसनसँग सञ्चार गर्न सक्ने श्रेष्ठको भनाइ छ।

नेपालमा दैनिक ४ पटकसम्म देखिने यो स्याटलाइटले नेपाली आकाशमा ४० मिनेट बिताउनेछ। ग्राउण्ड स्टेसनबाट हरेक पटकको डाटा लिने र कमान्ड दिन सकिने उनले सुनाए। स्याटलाइटले लोअर अर्बिट परिक्रमा गर्न ९० मिनेट लगाउनेछ भने सूर्यको प्रकाशमा ६० मिनेट र बाँकी समय अँध्यारो र चिसो क्षेत्रमा रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!