हुवावेको आफ्नै अपरेटिङ्ग सिस्टम 

ByBibas chetan

३२ जेष्ठ २०७६, शनिबार १४:५७ ३२ जेष्ठ २०७६, शनिबार १४:५७ ३२ जेष्ठ २०७६, शनिबार १४:५७

गुगलले आफ्नो अपरेटिङ सिस्टम प्रयोग गर्नमा प्रतिबन्ध लगाएपछि चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले आफ्नै अपरेटिङ्ग सिस्टम हङ्गमेङ्ग ल्याउँदैछ ।

हुवावेको यो अपरेटिङ्ग सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशतसम्म धेरै तेज हुनसक्ने दाबी गरिएको छ । ग्लोबल टाइम्समा स्राेतको हवाला दिँदै छापिएको समाचार अनुसार छिट्टै नै लञ्च हुने हङ्गमेङ्ग गुगलको एन्ड्रोइडभन्दा निकै तेज हुनेछ ।

समाचार अनुसार शाओमी तथा भिभोजस्ता कम्पनीहरुले हुवावेमा उसको अपरेटिङ्ग सिस्टमको परीक्षणका लागि आफ्ना कर्मचारी पठाउन थालेका छन् । अहिले यी सबै कम्पनीले आफ्ना स्मार्टफोनमा एन्ड्रोइड प्रयोग गर्दै आएका छन् ।

ग्लोबल टाइम्स आफ्नो समाचारमा लेख्छ, ‘हुवावेले इन्टरनेट दिग्गज कम्पनी तथा घरेलु स्मार्टफोन कम्पनीहरुसँग मिलेर आफ्नो अपरेटिङ्ग सिस्टम हङ्गमेङ्गको परीक्षण गरिरहेको छ । यो नयाँ सिस्टम आउँदो केही महिना मै लञ्च गरिनेछ ।’

हुवावेले हालै कम्तीमा ९ वटा देश तथा युरोपमा समेत आफ्नो अपरेटिङ्ग सिस्टको ट्रेडमार्कका लागि निवेदन दिइसकेको छ । यसैबीच हुवावेले विश्वभरका एप डेभलपर्सलाई हङ्गमेङ्ग अपरेटिङ्ग सिस्टमको एप ग्यालरीमा आफ्नो एप पब्लिस गर्नका लागि प्रोत्साहित गरिरहेको छ । गुगलको प्ले स्टोरलाई टक्कर दिने गरी एप ग्यालेरी तयार गर्ने लक्ष्य हुवावेको छ ।

यहीँ हप्ताको सुरुवातमा साउथ चाइना मर्निङ्ग पोस्टले हुवावेको यस अपरेटिङ सिस्टमको विस्तृत विवरण समावेश गरी रिपोर्ट प्रकाशित गरेको थियो । रिपोर्ट अनुसार हुवावेको अपरेटिङ सिस्टम Microkernel मा आधारित छ ।

-एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!