यस्ता एकाउन्ट ब्लक गर्छ फेसबुकले

ByBibas chetan

१४ जेष्ठ २०७६, मंगलवार २३:०९ १४ जेष्ठ २०७६, मंगलवार २३:०९ १४ जेष्ठ २०७६, मंगलवार २३:०९

सोसल मिडिया प्लाटफर्म फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ ।

सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो । त्यसमध्ये १ अर्ब २० करोड अकाउन्ट सन् २०१८ को चौथो त्रैमासिकमा र २ अर्ब १९ करोड अकाउन्ट सन् २०१९ को प्रथम त्रैमासिकमा बन्द गरिएको हो ।

फेसबुकका अनुसार फेसबुकका मासिक सक्रिय प्रयोगकर्तामध्ये ५ प्रतिशत फेक अकाउन्ट रहेको पनि खुलासा भएको छ । फेसबुकका एकजना उपाध्यक्ष गाई रोसेनका अनुसार अटोमेटेड पद्धतिबाट एकै पटकमा ठूलो संख्यामा सिर्जना गरिएका फेक अकाउन्टहरुमाथि धावा बोलिएको छ ।

उनका अनुसार फेसबुक प्रयोगकर्ताले हेर्ने हरेक १० हजार सामाग्रीमध्ये ११ देखि १४ वटा सामाग्रीहरुले अश्लीलता तथा यौनिकता सम्बन्धि फेसबुकको नियम उल्लंघन गर्ने गरेका छन् ।

सन् २०१८ को पछिल्लो ६ महिनामा फेसबुकले विश्वका ९ देशमा गरी ५३ वटा मुख्य अवरोधको सामना गर्नुपरेको थियो । सोही वर्षको पहिलो ६ महिनामा चाहीँ ८ देशमा गरी ४८ वटा मुख्य अवरोधको सामना गरेको थियो । फेसबुकले सामाना गरेका अवरोधमध्ये ८५ प्रतिशत भारतबाट व्यहोर्नुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!