‘मिसन’ पत्रकारको हत्या !

ByBibas chetan

८ जेष्ठ २०७६, बुधबार १९:२३ ८ जेष्ठ २०७६, बुधबार १९:२३ ८ जेष्ठ २०७६, बुधबार १९:२३

उद्देश्य हाे, पत्रकारकाे हत्या गरेर चर्चित बनाउने

मिसनको नाम हो, ‘ब्रेकिङ न्युज’ ।

यो खेलको सातौं मिसन हो । करिब ३ सय मिटरमा रहेको शत्रूलाई हान्न बन्दुकमा गोली भरेपछि यो मिसन सुरु हुन्छ ।

यो एउटा खेल हो । जसमा तपाईंपहिले नै आउट भइसक्नुभएको छ । अरु पनि यसअघि नै आउट भएका छन् । खेलमा एक बन्दुकधारीले पिन्जारिया (खाजा वा पिजा पाइने ठाउँ) मा गत वर्ष गोली हानेर केही निर्दोष मानिसको हत्या गर्छ ।

तीनजना हतियारसहित तैनाथ हुन्छन् । ‘ब्रेकिङ न्युज’ को लक्ष्य स्पष्ट छ, रिपोर्टरको हत्या गर्ने ।

मिसनअनुसार पत्रकारले प्रहरीलाई घुस दिन्छ र प्रहरीसँग रहेको ब्रिफकेस उठाएर लान्छ ।

ब्रिफकेसमा केही संवेदनशील दस्तावेज छन् । जसको समाचार बनाएमा पत्रकार चर्चित बन्न सक्छ । खेलकाे उद्देश्य हो, पत्रकारलाई चर्चामा ल्याउनु । तर, पत्रकारलाई ती गोप्य दस्तावेज सावर्जनिक गर्नबाट पनि रोक्नु पर्नेछ । गोप्य दस्तावेज सार्वजनिक भए पत्रकार चर्चित त हुन्छ । तर, त्यो दस्तावेज सार्वजनिक हुनुहुँदैन । त्यसैले खेलमा पत्रकारलाई चर्चामा ल्याउन अर्को बाटाे अपनाइन्छ, पत्रकारको हत्या । हत्या गरेर पत्रकारलाई चर्चामा ल्याउनु ब्रेकिङ न्युजको मिसन हो ।

‘स्नाइपर थ्रीडी एसेसन’ आईओएस र एन्ड्रोइड मोबाइल खेल हो । दुवैमा गरी करिब १ करोड २० लाख प्रयोगकर्ता छन् ।

यो एप सन् २०१४ मा लन्च गरिएको हो । याे विकास गर्ने ब्राजिलको टीएफजी कम्पनीका अनुसार यो खेल लन्च गरिएको पहिलो महिनामै १ करोडले डाउनलोड गरेका थिए ।

सन् २०१६ मा यो एपका डेभलपरले एप स्टोरबाट सबैभन्दा बढी डाउनलोड गरिएको खेल भएको दाबी गरेका थिए । यो खेलको व्याख्यामा ‘तिम्रो बन्दुक उठाऊ र तिम्रा शत्रुहरुलाई हान’ लेखिएको हुन्छ ।

न्युयोर्क टाइम्सका सम्पादक जमाल जोर्डनले ट्वीटरमा एउटा फोटो सेयर गर्दै आफूलाई भतिजाले यो खेल खेल्न निमन्त्रणा गरेको उल्लेख गरेका छन् ।

जोर्डनले हफिङ्टन पोस्टमा भनेका छन्, ‘मेरो भतिजो १० वर्षको छ र खेलबारे हाम्रो लामो कुराकानी हुने गर्छ ।’

यो खेललाई आधार बनाएर हिंसाको घटना भने सह्य नभएको स्पष्ट सन्देश राखिएको छ । जसमा भनिएको छ, ‘यदि तपाईं मानिसलाई ठेस पु–याउन वा अपमान गर्न चाहनुहुन्छ भने तपाईंलाई एपमा कुनै स्थान छैन ।’

विशेष रुपमा खेलको दिशानिर्देशमा भनिएको छ, ‘निवेदनमा अपमानजनक, असंवेदनशील, अनावश्यक हैरानी, घृणा फैलाउनेजस्ता सामग्री सामेल गरिएको छैन । जसमा हिंसा, उत्पीडन, दुर्व्यवहारजस्ता गतिविधिलाई प्रोत्साहित गर्ने सामग्री या जनावर मार्न पाइनेछैन ।’

खेलका सन्दर्भमा शत्रु भन्नाले केवल एक विशिष्ट जाति, संस्कृति, वास्तविक सरकार, निगम या कुनै अन्य संस्था या इकाइलाई लक्षित गर्दैन ।

यसबारे थप सोधपुछ गर्ने हो भने एप्पल या गुगलले तत्कालै उत्तर दिँदैनन् । त्यति मात्रै होइन, निर्माणकर्ता टीएफजी कम्पनीले पनि इमेल सोधपुछको तत्काल उत्तर पठाउँदैन ।

खेलमा पत्रकारको हत्या गरिन्छ र चर्चित बनाइन्छ । यस्तै, घटनाक्रम अहिले संसारमा वास्तवमै घट्न थालेका छन् ।

सन् २०१७ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएपछि पत्रकारमाथिका हमला र धम्कीका घटना ह्वात्तै बढेका छन् । ट्रम्पले निरन्तर रुपमा ‘पत्रकार जनताका शत्रु’ भएको बताउँदै आएका छन् ।

२८ जुनमा अमेरिकाको मेरिल्यान्डको राजधानीका पत्रकारमाथि गोली प्रहारको घटना भयो । सो घटनामा पाँच सर्वसाधारण मारिए र दुईजना घाइते भए ।

गत वर्षको अक्टोबरमा न्युयोर्कको टाइम वार्नर सेन्टरस्थित सीएनएनको कार्यालयामा बम भेटिएको थियो ।

सो घटनाको अनुसन्धान गर्दै कारबाही सिफारिस गरिएको पत्रमा संदिग्ध व्यक्ति मिडियाका आलोचक रहेको उल्लेख गरिएको छ ।

ट्रम्पले यस्ता घटनामा मिडियामाथि आक्रोश बढाउन आफ्नो भूमिका नभएको बताएका थिए । उनले भने, ‘यो नै पर्याप्त होइन ।’

उनले ट्वीटरमा सीएनएनमाथि नै पत्रकारमाथि हिंसा भड्काइरहेको आरोप लगाएका थिए ।

गत वर्ष नै वासिङ्टन पोस्टमा कार्यरत पत्रकार जमाल खसाेग्गीको टर्कीस्थित दूतावासभित्रै हत्या भयो ।

सीआईएका अनुसार पत्रकार खसाेग्गीको हत्या गर्न साउदी युवराज मोहम्मद बिन सलमानले व्यक्तिगत रुपमै आदेश दिएको निष्कर्ष निकालेको वासिङ्टन पोस्टमा समाचार छापिएको थियो ।

ट्रम्पले यसलाई अस्वीकार गरे । उनका ज्वाइँ तथा सल्लाहकारको साउदी युवराजसँग नजिकको सम्बन्ध रहेको छ ।

अहिले ‘स्नाइपर थ्रीडी एसेसन’ खेलमा जस्तै पत्रकार निसानामा परिरहेका छन् । त्यसैले खेल सुरु भएको पाँच वर्षपछि पनि चर्चामा छ ।

 

-शिलापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!