खुर्कोटमा अप्टिकल फाइबरको शिलान्यास

ByBibas chetan

६ जेष्ठ २०७६, सोमबार २०:३८ ६ जेष्ठ २०७६, सोमबार २०:३८ ६ जेष्ठ २०७६, सोमबार २०:३८

सिन्धुली: सिन्धुलीको खुर्काेटबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको आज शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गरेपछि सिन्धुलीसहित तीनवटै स्थानबाट एकैसाथ शिलान्यास भएको हो ।

अप्टिकल फाइबर विस्तारले नेपाल टेलिकमको सेवा विस्तारसँगै टेलिफोन गर्न, इन्टरनेट चलाउन र आइटी टेलिभिजन हेर्ने सुविधा विस्तार हुने उहाँको भनाइ रहेको छ । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी नेपाल टेलिकमले उक्त योजना शुरु गरेको हो । उहाँले अप्टिकल फाइबर विस्तारको बोलपत्र भई सकेकाले यो योजना दुई वर्षभित्र पूरा हुने जानकारी दिनुभयो ।

अप्टिकल फाइबर बिछ्याएपछि मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग र सहायक मार्गमा उच्च गतिको इन्टरनेट सेवा पुग्ने उहाँको भनाइ रहेको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा सिन्धुलीको खुर्काेटमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

अर्को आवमा सिन्धुली जिल्लाका धेरै भू–भागमा अप्टिकल फाइवर नेटवर्कको विस्तार गर्न सर्वेको काम भइरहको उहाँले बताउनुभयो । यसबाट सेवाग्राहीहरुले तोकेको भ्वाइस, इन्टरनेट तथा आइपी टिभी हेर्न सक्ने गरी सेवा विस्तार गर्ने उहाँको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!