१, सत्य बस्तुत: अन्त्यसम्म नै सत्य नै रहन्छ । –सेक्सपियर

२, एउटा झुटो कुरा लुकाउन कैयौँ पटक झुट बोल्नुपर्छ । – अज्ञात

३, पापी मानिस सत्यबाट डराउँछ । –सुकरात

४, सत्य तितो हुन्छ । –चाणक्य

५, सत्य सुन्दर हो र सुन्दर नै सत्य हो । –लक्ष्मीप्रसाद देवकोटा

६, सत्यको आधारमा रहनुभन्दा बढ्ता आनन्द अरु केही छैन । –बेकन

७, कुन सत्य हो, सत्य कसरी चिन्नु ? जुन प्राणीको हितमा छ उही सत्य भनेर जान्नु । –भानुभक्त आचार्य

८,सत्यलाई दवाउन सकिन्छ तर नाश गर्न सकिँदैन । –जर्मनेली उखान

९, समय मुल्यवान हुन्छ तर समयभन्दा पनि सत्य अधिक मुल्यवान हुन्छ । –डिज्रायली

१०, साधारणत मानिसहरु परम आवश्यक सत्यलाई एकाएक विश्वास गर्दैनन् । –इल्किन

११, साँचो बोल्नु, सुन्दर लेख्नु समान हो, जुन अभ्यासले मात्र प्राप्त हुन्छ । –कार्लाइल

१२, सत्य बोल यदि त्यो तिम्रो विपरीत छ भनेपनि । –कुरान

१३, संसारमा सत्य बाहेक संग्रह गर्न योग्य दोस्रो बस्तु केही हुँदैन । –चसर

१४, सत्यवादी मानिस झुटो प्रार्थना गर्दैन । –बाल्मिकी

१५, जोसंग सत्य छ , त्यो एकलै भएपनि बहुमतमा हुन्छ । –डगलस

१६, जसरी सुर्यको किरणलाई कुनै पदार्थले अपवित्र गर्न सक्दैन त्यसरी नै सत्यलाई पनि अपवित्र गर्नु असम्भव छ । –मिल्टन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!