लक्ष्मी प्रसाद देवकाेटाका उत्कृष्ट भनाइ

ByBibas chetan

११ असार २०७६, बुधबार १९:४२ ११ असार २०७६, बुधबार १९:४२ ११ असार २०७६, बुधबार १९:४२

  • मानिस ठूलो दिलले हुन्छ, जातले हुदैन ।
  • सत्यका लागि त्याग गर्न नसक्नेहरू पनि वीर होइनन् |
  • जुवा खेल्नु निश्चय नै खराब हो तर खराब चिजबाट असल कुरा लिन सक्नु पनि विचारशील मानिसको लक्षण हो ।
  • मेरो दिलमा गहिरो घाउ छ । न कुनै मेरा डाक्टर छन्, न मेरो कुनै भाउ छ ।
  • मनुष्यको सम्पूर्ण आत्मा बुझाउने विद्या अहिलेसम्म निस्केको छैन ।
  • पुरुषार्थ त्यही हो, जसले सक्दछ विश्व शोभा आफनो काखमा लिन |
  • प्राप्तिभन्दा ध्येय ठूलो हो, पुग्नुभन्दा आशा र खोज महत्वपूर्ण हो ।
  • चुलीहरुलाई ताक्नु, तिर्सना राख्नु र उचाइतिर लम्कनु नै पर्वतारोही हो।
  • काम इच्छाबाट होइन परिश्रमबाट सिद्ध हुन्छ, सुतिरहनु अन्वेषणको मोहनी हो । यद्यपि त्यहाँ पुग्न कठिनाइ र अनेक पहाड चढनुपर्छ ।
  • मेरो देश नै मेरो विश्व हो, विपना हो, मेरो सत्य हो , एउटै खँदिलो अस्तित्व हो
  • दर्शन भय हो र कविता सत्य हो ।
  • जीवन दुःखपूर्ण छ जहाँ आँसु लिएर बाँच्नुपर्छ ।
  • घर चिन्न घर छोडौ तर घर नबिर्सौ ।
  • वास्तविक कविको जन्म बगैंचामा मात्र हुन्छ ।
  • जिवन एक चक्का हो, ठीक ठाउँ नचले बेठीक ठाउँमा चल्दछ ।
  • दूधको भार तिर्न नसक्ने, माया जालमा अल्झनेहरू, टाढा नदेख्नेहरू र त्रासले केही गर्न नसक्नेहरू वीर हुन सक्दैनन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!