एसइईको परिक्षाफल प्रकाशित

ByBibas chetan

१२ असार २०७६, बिहीबार १६:२२ १२ असार २०७६, बिहीबार १६:२२ १२ असार २०७६, बिहीबार १६:२२

काठमाण्डौं: परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको परिक्षाफल प्रकाशित गरेको छ । एसइईको नतिजा बुधबार नै सार्वजनिक तयारी भएपनि प्राविधिक कारणले विहिबार गरिएको हो ।
२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेपछि दिउँसो बोर्डको बैठक बसेपछि परिक्षाफल प्रकाशित गरिएको हो । परिक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले हिजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले बिहीबार मात्र परीक्षाफल सार्वजनिक गर्ने सम्भंव रहेको जनाए ।
यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । एसईईको नतिजा प्राप्त गर्न नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर १६०० मा पठाउनुपर्नेछ । यसका अलावा १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ । त्यस्तै बिभिन्न अनलाइन मार्फत समेत नतिजा हेर्न सकिनेछ ।

परीक्षाफल प्रकाशन भएपछि विभिन्न माध्यमबाट नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । जसका लागि परीक्षा नियन्त्रण कार्यालयले शिक्षा मन्त्रालयको वेबसाइट www.moest.gov.np, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइट www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np मा नतिजा हेर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

सबै क्षेत्रका परीक्षार्थीका लागि वेबसाइटबाट नतिजा हेर्न असम्भव हुन सक्छ त्यसैले वेबसाइट उपयुक्त नहुने र इन्टरनेटको पहुँच नभएका परीक्षार्थीले आफ्नो मोबाइलबाट सजिलै नतिजाबारे जानकारी लिन सक्नेछन् ।

जसका लागि नेपाल टेलिकमका प्रयोगकर्ताले १६०० डायल गरी त्यहाँ भनिएको निर्देशन पालना गर्नुपर्ने  हुन्छ । त्यस्तै, नेपाल टेलिकम र एनसेल दुवै प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर नतिजाबारे जानकारी लिन पनि सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!