सफलताका लागि यस्ता उत्प्रेरणा चाहिन्छ

ByBibas chetan

१३ असार २०७६, शुक्रबार १०:४१ १३ असार २०७६, शुक्रबार १०:४१ १३ असार २०७६, शुक्रबार १०:४१ #नेपाली भनाई, #नेपाली भनाईहरु, #प्रेरक भनाइ, #माहान भनाई, #सफलता


-जीवनको सबैभन्दा महत्वपूर्ण दिन भनेको, पहिलो, तिमी जन्मेको दिन र दोस्रो, तिमी किन जन्मिएको हौ भनेर तिमीले आफै पत्ता लगाउने दिन हो ।– मार्क ट्वाइन
-बिरुवा रोप्ने उपयुक्त समय की त २० वर्ष पहिले थियो, की त आज हो ।–चिनिया भनाइ
-सबैभन्दा ठूलो बदला लिनु भनेको, आफ्नो काममा सफलता हात पार्नु हो ।–फ्रांक सिनात्रा
– जित्नु सबैकुरा होइन, तर जित्ने चाह राखेर अगाडि बढ्नु ठूलो कुरा हो ।–विनसे लोमार्दी
– कि त तिमीले दिनहरुलाई कुदाउने हिम्मत गर, होइन भने, तिमीलाई दिनहरुले कुदाउनेछन्। -जिम रोहन
-मानिसको दिमागले जस्तो सोंच्छ र जे कुरामा विश्वास गर्छ उसले जीवनमा त्यही अनुसार प्राप्त गर्छ । –नेपोलियन हिल
-जीवन पैसा कमाउनको लागि होइन, आफ्नो प्रभाव छोड्नको लागि हो ।–क्विन क्रुस
-तिमी एउटा योजना बुन्नमा व्यस्त रहदा सोच्दै नसोचेको मोड आइपर्नु नै जीवन हो ।–जोहन लेनन
-अकस्मात आउने घटनाहरुको १० प्रतिशत र तिमीले ती घटनाहरुको सामना गर्ने तरिकाको ९० प्रतिशत समिश्रण नै जीवन हो ।–चार्ल्स स्विनडोल
-कुनै कुराको परिक्षण अथवा प्रयास नै नगरिएको जीवन , जीवन नै होइन ।–सुकरात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!