म्याडम क्युरीका महान् भनाइहरू

ByBibas chetan

१० श्रावण २०७६, शुक्रबार २०:३५ १० श्रावण २०७६, शुक्रबार २०:३५ १० श्रावण २०७६, शुक्रबार २०:३५ #madame curie, #Marie Curie, #म्याडम क्युरी


• मानिसहरूको बारेमा कम उत्सुक र विचारहरूको बारेमा बढी उत्सुक रहनुहोस् ।

• पूर्णताको डर राख्नुहुँदैन किनकि तपाईं कहिल्यै त्यहाँ पुग्न सक्नुहुन्न ।

• हामीसँग लगनशीलता र आफूमाथि आत्मविश्वास हुनुपर्छ । हामी केही कुराका लागि प्रतिभाशाली छौं भन्ने विश्वास गरेर त्यो कुरा प्राप्त गर्न तर्फ लाग्नुपर्छ ।

• तपाईं हरेक व्यक्तिलाई सुधार नगरी एक राम्रो संसार निर्माणको आशा गर्न सक्नुहुन्न । त्यसका लागि पहिले हामीले आफूलाई सुधार गर्नुपर्छ ।

• म उपन्यासमाथि विश्वास राख्ने मानिस हुँ, जसअनुसार नयाँ खोजबाट नराम्रोभन्दा राम्रो मानिसमा मानवता उत्पन्न हुन्छ ।

• मलाई सिकाइएको थियो कि प्रगतिको मार्ग न सजिलो छ, न त प्रगति तुरुन्तै हुन्छ ।

• मानिसले तपाईले कति काम गर्नुभयो भनेर हेर्दैनन् । उनीहरुले त यो हेर्छन् कि तपाईंले कति काम बाँकी छोड्नुभयो ।

• संसारमा केही दुःखी वैज्ञानिकहरु छन् जसले सत्य सावित गर्न छोडेर त्रुटि खोज्नतिर लाग्छन् ।

• मलाई प्रायः महिलाहरूले प्रश्न गर्छन् कि, वैज्ञानिक भएर पनि कसरी पारिवारिक जीवन सन्तुलित बनाएको छु । म भन्छु– त्यो सजिलो थिएन ।

• पहिलो सिद्धान्त – कहिल्यै पनि आफ्नो आत्मसम्मानलाई कुनै व्यक्ति वा घटनाद्वारा चोट पुर्‍याउन दिनु हुँदैन ।

• मानवताका लागि व्यावहारिक पुरुष आवश्यक हुन्छ, जसले आफूलाई आफ्नो कामबाट धेरै अगाडि पुर्‍याएको छ, जसले आफ्नो असल गुण र इच्छा भुल्दैनन् । तर मानवताकै लागि सपना देख्ने पुरुष पनि चाहिन्छ, जसले सपना पूरा गर्न आफैलाई बिर्सिन्छन् ।

• मेरो सम्पूर्ण जीवनमा हरेक प्रकृतिको नयाँ ठाउँले मलाई बच्चाजस्तै रमाउने बनाएको छ ।

• जीवनमा कुनै कुराको डर राख्नु हुँदैन, मात्र त्यो कुरालाई बुझ्नुपर्छ । अबकाे समय हो, धेरै बुझ्ने र कम डराउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!