‘लाहुरेनी फूल’को लोकार्पण

ByBibas chetan

१६ पुष २०७५, सोमबार ०५:४१ १६ पुष २०७५, सोमबार ०५:४१ १६ पुष २०७५, सोमबार ०५:४१

काठमाण्डौ, पुस १६ गते । साहित्यकार सुष्मा रुपाबुङ राईद्वारा लिखित पहिलो उपन्यास‘लाहुरेनी फूल’को लोकार्पण सम्पन्न भएको छ । लामो समयदेखि साहित्यमा कलम चलाउदै आईरहेको साहित्यकार रुपाबुङले थुप्रै किसिमका कविता, लेखरचना, गित समेत लेखिसक्नुभएको छ । रुपाबुङको यो उपन्यास ‘लाहुरेनी फूल’ भने पहिलो प्रकाशित संग्रह हो  उपन्यास लोकार्पण समारोहमा साहित्यकार रुपाबुङ भन्नुहुन्छ–‘साहित्यिक यात्रा भनेको परिकल्पना संसार हो ।’ उपन्यासको लोर्कापण साहित्यकार श्रवन मुकारुङ, कवी पत्रकार प्रकाश गुरागाई र नायिका सिर्जना सुब्बा द्वारा संयुक्त रुपमा गरिएको हो । काठमाण्डौको अनामनगरस्थित मण्डला थिएटरमा उक्त उपन्यास लोकार्पण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!