गजल

ByBibas chetan

२३ माघ २०७५, बुधबार ११:५४ २३ माघ २०७५, बुधबार ११:५४ २३ माघ २०७५, बुधबार ११:५४

सुन्दर सपना सजाए राहदानी समाएर
गाउँ घर छोडेर आए राहदानी समाएर

म आफ्नै हात हेर्छु ऐनामा अनुहार हेर्छु
आँसु झर्छ तर लुकाए राहदानी समाएर

परिस्थितिले पुर्याएको बिरानो मुलुकमा
कस्लाई भन्नू दुख पाए राहदानी समाएर

हिडेको पल झोला भरी आशिर्वाद बोकि
सम्झिदा सम्झिदै निदाए राहदानी समाएर

आज भन्छु मुटु गाठाे पारी, ए दिदि बैनी
नसम्झीनुस् दु:ख गुमाए राहदानी समाएर

 

-सरला राई

खोटाङ / हाल परदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!