कण्डमको कविता

ByBibas chetan

१ फाल्गुन २०७५, बुधबार २०:५६ १ फाल्गुन २०७५, बुधबार २०:५६ १ फाल्गुन २०७५, बुधबार २०:५६

कठै बरा सडकमा प्लास्टिक फुक्दै हिँडेको त्यो बालक

कठै बिचरा गाडी झ्याप्प रोकिँदा माग्दै दौडिदै हिँडेकी ती बालिका
मात्र एक पलको बेहोशीको हुन सक्छन् ती उपज
खबर पढें हिजो राति लुगाामा गुटमुट्याएर नवजात शिशु त्यो खोला मुनि भेटिइन् रे !

भेदभाव सहन नसक्दा आफ्नै आमाले एचआईभी संक्रमीत अबोध बालकको घाँटी रेटिदिछन् रे !

कस्तो बिडम्बना म सर्वसुलभ रुपमा निःशुल्क छु उपलब्ध
तर पनि किन हिचकिच्याउँछन् सबै गर्न मेरो उच्चारण
रोक्न सक्छु म नचाहिएका गर्भ
राख्न सक्छु म यौन रोगलाई टाढा
क्षमतै क्षमताले म छु भरिभूर्ण
भन्छन् सबै मलाई कण्डम ।

हुन पर्दैन पढेलेखेको धेरै, गर्न मेरो प्रयोग
मेरै बट्टामा हुन्छ कसरी गर्ने भरी मेरो उपयोग
हुर्कदै गरेका यौवन अवस्थाका छोराछोरीसँग
नलजाइकन गर्नुपर्छ मेरो वर्णन
भविष्यमा अवोध बालबालिकालाई कठै बन्नबाट जोगाउन
आजैबाट वृहत रुपमा घरघरमा गरौं मेरै बारेमा छलफल ।

– अमि थपलिया/विश्व कण्डम दिवसको अवसरमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर र नर्सहरुले कण्डमको विषयमा वाचन गरेका सचेतनात्मक कवितामध्ये प्रथम भएको कविता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!