अनुहार चम्काउने १० घरेलु उपाय

ByBibas chetan

३ जेष्ठ २०७६, शुक्रबार १०:१२ ३ जेष्ठ २०७६, शुक्रबार १०:१२ ३ जेष्ठ २०७६, शुक्रबार १०:१२

१.  दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने। त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने। सो लेदोमा काँचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने। करिब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एक पटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।
२.  डार्क सर्कल हटाउन आँखाको वरिपरि काँचो आलुको टुक्राले हल्का मसाज गर्ने।
३. एक चम्चा मह अनुहारमा लगाउने। (यसमा ४÷५ थोपा कागतीको रस मिलाउन सकिन्छ) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ।
४.  अनुहारमा चाया आएको छ भने काँक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ।

५.  निमको पातलाई पिसेर लेदो बनाएर लगाउँदा छालाको रोगप्रतिरोधी क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।
६. पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।
७.  काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।
८.  काँक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ।
९.  अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ।
१०. सुन्तलाको बोक्रालाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने। यसलाई फेसवासको रुपमा प्रयोग गर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: कपी गर्न अनुमति लिनुहोला !!