ग्यास्ट्रिकले सताएकाे छ ? यस्ता घरेलु उपचार गरे निकाे हुन्छ

ByBibas chetan

२ जेष्ठ २०७६, बिहीबार ०७:५० २ जेष्ठ २०७६, बिहीबार ०७:५० २ जेष्ठ २०७६, बिहीबार ०७:५०

नेपालका अस्पतालहरूमा करिब ५० प्रतिशतभन्दा बढी मानिस ग्यास्ट्रिकको समस्या लिएर आउने गरेका छन् । हाम्रो घर,गाउँ,टोल छिमेक आदिमा ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ । त्यसैले आम नेपालीले ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो भन्न थालिसकेका छन् । आम नेपालीलाई लाग्ने गरेको यस रोगका निधानका केही घरेलु उपायहरू छन जसको अवलम्वन गर्नाले यो रोगबाट बच्न सकिन्छ । तसर्थ ग्यास्ट्रिक रोगीले यी कुरामा ध्यान दिनुस्, तपाईंको समस्या तुरुन्त निको हुन्छ ।
१.दैनिक प्रशस्त पानी पिउने : लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ ।

२. कोक, फेन्टाजस्ता कोल्ड ड्रिङ्क्सको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्यास बढाउँछ ।

३. लसुन पानीको सेवन गर्ने : बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । यसका साथै लसुनपानीले उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।

४. प्रत्येक दुई घन्टाको फरकमा खाना खाने :ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।

५.कागतीपानी पिउने :पेटमा धेरै ग्यास भएको अवस्थामा कागतीपानी पिउने गर्नुपर्छ । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागतीपानी खानाले पेटमा ग्यास कम हुन्छ ।

६.कार्बोहाइड्रेड भएको खाना कम खाने :पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

७. दूध नपिउने :ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ । एजेन्सीकाे सहयाेगगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!