मायालु टाढा हुँदा सम्बन्ध जोगाउने सजिलो उपाय

ByBibas chetan

१४ भाद्र २०७६, शनिबार १८:४९ १४ भाद्र २०७६, शनिबार १८:४९ १४ भाद्र २०७६, शनिबार १८:४९

लामो दुरीका सम्बन्धहरुमा छिट्टै तित्तता पैदा हुने र धेरै समयसम्म नटिक्ने गरेका प्रशस्तै उदाहरणहरु हाम्रो समाजमा भेटिन्छन् । किनकी दुरीको साथै मनमा पनि दुरी बढ्न थाल्दछ । लामो दुरी जस्तै भावनामा पनि दुरी देखिन थाल्छ ।

लामो दुरीका सम्बन्धहरु बचाउँन विभिन्न उपायहरु अपनाएर सम्बन्धलाई मिठास बनाउन सकिन्छ । जसको लागि यहाँ केहि उपायहरु उल्लेख गरिएको छ ।

दिनहुँ फोन वा म्यासेज गर्नुहोस्

कुनै एक निश्चित समय मिलाएर दिनहुँ फोन वा म्यासेज गर्ने गर्नुस् । एक अर्काको बारेमा प्रतिकृया जनाउनुहोस् र लामो समयसम्म कुराकानी गर्नुस् । साथै सुत्नुअघि सधैँ म्याजेज वा फोन गर्नुस् । अनि दिनभरिको गतिविधिको बारेमा भन्नुस्, सोध्नुहोस् ।

भिडियो च्याट गर्नुस्

जब भिडियो च्याट गर्नुहुन्छ सम्झनुहोस् तपाईहरु डेटमा हुनुहुन्छ ।

सरप्राइज दिनुहोस्

आफ्नो पार्टनरको लागि समय निकाल्नुहोस् र उनीहरुलाई सरप्राइज दिनको लागि विदा मिलाएर उनीहरु भएको ठाउँमा जानुहोस् ।

गीफ्ट पठाउनुहोस्

तपाई आफ्नो पार्टनरलाई कार्ड, चकलेट जस्ता गीफ्ट पठाउन सक्नुहुन्छ । र विनाकारण शंका पनि गर्ने नगर्नुहोस् ।

रोमान्टीक म्यासेज गर्नुस्

विभिन्न सामाजिक सञ्जालमा आफ्नो पार्टनरसँग जोडिनुहोस् र रोमान्टीक म्यासेज गर्नुस् । जस्तै ‘आई लव यू’, ‘आई मीस यू’ शब्दहरु धेरै प्रयोग गर्नूस् । साथै भावनात्मक म्यासेजहरु धेरै गर्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!