१. तपाईसँग निश्चित समय छ

तपाईसँग निश्चित समय छ, जो तपाई आफ्नै लागि सदुपायोग गर्नुहोस् । अनावश्यक कुरामा अल्भिmएर समय बर्वाद नगर्नुहोस् ।

२. अरुको राय आफुमाथि हावी हुन नदिनुहोस्

दोस्रोको बिचारलाई हामीमाथि त्यती धेरै हावी हुन नदिनुहोस् कि आफ्नो भित्री आवाज सुन्न नसकियोस । सधै आफ्नो दिल र दिमागले चल्नुहोस् ।

३. परिवर्तनको आवश्यक्ता

पछिल्लो ३३ बर्षमा मैले स्वंमलाई ऐनामा हेर्दै आएँ । तर, मैले हरेक दिन स्वंमलाई सोधे कि यदि आज मेरो जीवनको अन्तिम दिन हो भने मे के गर्न चाहन्छु ? तर, कहिले मैले यसको जबाफ सुनिन । म जान्दछु कि मैले बद्लिनुपर्छ ।

४. त्यही गर्नुहोस्, जसको मूल्य छ

मर्ने समयमा सबैभन्दा धनी व्यक्ति बनेर मर्नुमा मलाई कुनै मतलब छैन । हरेक रात ओछ्यानमा गएर राती यहि सोच्छु कि, आज पुरा दिन मैले नयाँ के गरे ? यसले मेरो जीवनमा के महत्व राख्छ ?

५. सोंच सफा राख्नुहोस्

तपाईले धेरै मिहेनत गर्नुपर्छ ताकि तपाईको सोंच स्वच्छ बनिरहोस् । सोंचलाई सफा र सरल बनाउनु पर्छ । यसका लागि मिहेनत गर्नुपर्छ । मिहेनतबाट मिल्ने यस्तो सोच परिणामका लागि ठूलो मूल्य राख्छ । किनभने यो पाएर तपाई पहाडलाई पनि हल्लाउन सक्नुहुनेछ ।

६. राम्रो काम गर्नुहोस र अघि बढ्नुहोस्

यदि तपाई कुनै राम्रो काम गर्न चाहनुहुन्छ भने त्यसको नतिजा पनि राम्रो हुनुपर्छ । त्यसेलै यसका लागि तपाईले केहि नयाँ सोच्नुपर्छ । तपाई कहिलेसम्म एकैखाले काम गरिरहनुहुन्छ ? सोच्नुहोस् अव तपाइको लागि अलग काम के छ ?

७. विश्वास गर्नुहोस्

तपाईले कुनैपनि कुरालाई विश्वास गर्नुपर्छ । तपाईको साहस, संभावना, भाग्य, जीवन, उर्जा वा कर्म जसमा पनि विश्वास गर्नुहोस् । यो दृष्टिकोणले तपाईलाई कहिल्यै गिर्न दिनेछैन ।

८. अनुशासन

केहि समयसम्म मनपर्दो बिचार र नयाँ प्रौद्योगिकको खोज गरेपछि एक कम्पनीलाई परिवर्तन गर्न बर्षौ समय लाग्छ । यो सबै गर्नका लागि एकदमै अनुशासनको आवश्यक्ता छ ।

९. नडगमगाउनुहोस्

कहिले कहिले जिन्दगीले तपाईको टाउकोमा इंटा पनि बजार्न सक्छ । तर, यस्तोमा तपाईको विश्वास हराउनु हुँदैन ।

१०. उत्पादनको डिजाइन

कुनै विशेष समुदायलाई ध्यानमा राखेर उत्पादन डिजाइन गर्न एकदमै मुश्किल हुन्छ । किनभने धेरैलाई थाहा छैन कि उनीहरु के चाहन्छन, जबसम्म उनीहरुलाई तपाईले देखाउनु हुनेछैन ।

११. जब कुनै समस्या आउँछ

जब कुनै समस्या आउनसाथ मानिसहरु सोध्छन् कि, यो के भयो ? जबकी सहासी युवा सोध्छन् कि यससँग हामीले कसरी जुध्न सक्छौ ?

१२. त्यही काम गर्नुहोस् जहाँ सन्तुष्ट हुनुहुन्छ

तपाईको कामले जिन्दगीलाई सन्तुष्ट तुल्याउनु हो । र, सन्तुष्ट प्राप्त गर्नका लागि त्यही गर्नुहोस्, जसमा तपाई विश्वस्त हुनुहुन्छ । महान काम गर्नेको एकै तरिका छ, तपाई जे गर्नुहुन्छ, त्यसलाई प्रेम गर्नुहोस् ।

कोहि मर्न चाहँदैनन् । त्यो व्यक्ति जो स्वर्ग जान चाहन्छन्, ऊ पनि मर्न चाहँदैन । तर, मृत्युले कसैलाई बचाउँदैन । मृत्यु जीन्दगीको श्रेष्ठ आविष्कार हो । यो जीवन परिवर्तन गर्ने माध्याम हो, जसले पुरानो मेटाएर नयाँ देखाइदिन्छ ।

१३. गुणस्तरमा विश्वास गर्नुहोस्

गुणवत्तामा विश्वास गर्नुहोस् । हामीले अलग बाटो रोज्यौं । हामीलाई विश्वास छ कि, यदि उपभोक्तालाई राम्रो एवं गुणस्तरिय उत्पादन दियौ भने उसले आफ्नो पर्स खोलिरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!