१. मानव जीवनको लक्ष्य भनेकै आफ्नो लागि होइन ,अरूको लागि बाच्नु हो । तसर्थ एउटा सच्चा मानव बन्ने प्रयास गरौं, सच्चा मानवलाई कसैले जित्न सक्दैन ।
२. ‘भोलि ‘भन्ने शब्दले संसारलाई नै रोकेर राखेको छ, तसर्थ भोलि’ भन्ने शब्दलाई नै आफ्नो वरिपरि आउन नदिऊ।
३. लामो धागो र लामो बचनले मानिसलाई सधै अल्झाइ रहने काम गर्दछ । तसर्थ लामो धागोलाई लपेटेर र लामो बचनलाई समेटेर राख्ने बानी मानिसको हुनुपर्छ।
४. मानव भएर जन्म लिइसकेपछि दानवी व्यवहारलाई त्याग्नुपर्छ। मानवले आफू जस्तै अन्य मानवलाई घोचपेच वा निन्दा गर्नु हुन्न साथै रूपैयाँ पैसा पनि जथाभावी-खर्च गरेर उडाऊनू हुन्न ।
५.मानिसले सबै भन्दा बढि खर्च गर्ने चिज नै समय हो। समय सबैभन्दा मूल्यबान हुन्छ। तसर्थ समयको सदुपयोग गर्न सिकौं। तसर्थ सुख र दुख मानव जीवनको एउटा रिती हो । जसलाई सबैले खुशी खुशी स्विकार्नु पर्छ। सुखमा मातिनु र दुःखमा आत्तिनु हुँदैन।
६.मानवले आफ्नो जीवन आफैले बनाऊने र बिगार्ने गर्दछ। मानिसको सोच यदि नकारात्मक छ भने उसको सम्पूर्ण जीवनमा नै नकारात्मकताको असर परेको देखिन्छ । तसर्थ मानिस सधै सकारात्मक हुनै पर्छ।
७.सधै अरूलाई दिन सक्ने बनौं अरूबाट लिने कहिले नबनौं भन्ने सोच लिएर नै मानिसले जीउनु पर्छ। तसर्थ सेवा नै धर्म हो भन्ने भावनालाई आफ्नो जीवनको लक्ष बनाऊँ।
८.त्यस्ता पुरुष तथा स्त्री सफल हुन्छन् जसले निःस्वार्थ ब्यबहार गर्छ र सम्पूर्ण मानव जातिलाई नै भातृत्वको भाबनाले प्रेम गर्छ भने उ अवस्य नै सफलताको उच्च शिखरमा पुग्छ।
९.यदि तिमी इमानदारिताले भरिपूर्ण, सत्यवादी, अरूलाई सत्यको बाटो देखाउने उर्जावान पुरूष वा स्त्री छौं भने, जति अरूले एक शताब्दीमा भीड जम्मा गर्न सक्छ त्यो भन्दा बढी भिड जम्मा तिमीले एक बर्षमा गर्न सक्छौ। तसर्थ नेतृत्व चयन गर्दा सधै इमानदार र सत्यवादी नेतृत्वलाई नै चून्नू पर्छ।
१०.प्रेम दिन र लिन सिक। प्रेमको लागि प्रेम गर स्वार्थपूर्तिको लागि होइन । जसले निःस्वार्थ प्रेम गर्छ उसको निःस्वार्थ प्रेमको बिस्तार गहिरिदै जान्छ। जसरी जीवन जीउनलाई सास चाहिन्छ । त्यसरी नै जीवन जीउनको लागि प्रेम पनि चाहिन्छ । तर प्रेम निःस्वार्थ र समर्पित हुनुपर्छ । यस्तो प्रेमले जीवनमा सुखै सुख दिन्छ।